Comments Add Comment

आरआर क्याम्पसमा स्ववियु चुनावः तनावका बीच मतदान

१५ चैत, काठमाडौं । प्रदर्शनीमार्गस्थित रत्नराज्य (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ ।

विहान ८ बजेबाट हुने भनिएको मतदान झण्डै एक घन्टा ढिलो गरी सुरु भएको छ । क्याम्पस परिसरमा कडा सुरक्षा दिइएको छ ।

तर, नाराबाजी र प्रर्दशन पनि भइरहेको छ । संयुक्त विद्यार्थी संगठनको नाममा केही विद्यार्थीहरुले चुनाव रोक्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

फागुन २३ का लागि तय भएको आरआरको स्ववियु चुनाव निर्वाचन आयोगको निर्देशनपछि रोकिएको थियो । तर, सर्वोच्च अदालतले चुनाव रोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश लिएपछि चुनाव भएको हो ।

सुरुमा आरआरमा अखिलको मात्र उम्मेदवारी परेको थियो । नेवि संघ र क्रान्तिकारीसहित ९ विद्याथीले बहिस्कार गरेपछि फागुन १८ मा देशका अधिकांश क्याम्पसमा चुनाव हुँदा आरआरमा भएन र, २३ गतेको मिति तोकिएको थियो ।

अहिले प्रमुख विद्यार्थी संगठन चुनावी मैदानमा छन् । निर्वाचनमा प्रमुख तीन दलनिकट नेवि संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

एमालेसम्वद्ध अनेरास्ववियुबाट टपेन्द्रबहादुर शाही, कांग्रेससम्वद्ध नेविसंघबँट उत्तम साउद र माओवादीसम्वद्ध अखिल क्रान्तिकारीबाट ध्रुवराज वाग्लेको प्यानल छ ।

आरआरमा करिव ३ हजार ५ सय बढी मतदाता छन् ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment