Comments Add Comment

एसईई परीक्षा दिएका श्रवणकुमारको शव फेला

१५ चैत, सप्तरी । सप्तरी मलहनमा–१ बस्ने देवनारायण साहको छोरा श्रवणकुमार मृत अवस्थामा फेला परेका छन् । भर्खरै एसइइ परीक्षा दिएका श्रवणकुमार साहको शव लहान–३ मा नरसिंह होम नजिकको बगैँचामा झुन्डिएको अवस्थामा फेला परेको हो ।

शव उनी परीक्षा दिन बसेको डेरा नजिकै फेला परेको प्रहरीले बताएको छ ।

साहको शरीरमा कुटपिट भएको निसानी रहेको छ । शव परीक्षणको लागि रामकुमार उमाप्रसाद अस्पताल लहानमा राखिएको छ । विशेष अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment