Comments Add Comment

सिड्नी निवासी गायक अर्यालले ल्याए लोक कोसेली खैजडी मुजुरा

२८ मार्च, सिड्नी । सिड्नी निवासी गायक दिलिप अर्यालको लोक केसेली “खैजडी मुजुरा” सार्वजनिक भएको छ। सानैदेखि गीत संगीतमा रुची राख्ने अर्याल अस्ट्रेलियामा हुने बिभिन्न साँस्कृतिक कार्यक्रममा लोकदोहोरी प्रस्तुत गर्थे तर, रेकर्ड मा भने यो नै उनको पहिलो गयन हो ।

करीब एक महिना पहिले युट्युबमार्फत सार्वजनिक भएको “खैजडी-मुजुरा” लाई ५ हजार भन्दा बढिले हेरीसकेका छन् । मौलिक लोक शैलीको यो दोहोरीमा दिलिप अर्याल र देबी घर्ती मगरको स्वर छ भने ज्ञानराज कोइरालाको शब्द र शिव हमालको लय सङ्कलन रहेका छ ।

गीतको म्युजिक भिडियोमा चर्चित मोडल बब्बु थापा र कारिश्मा ढकाल ले मोडलिङ गरेका छन। “खैजडी मुजुरा” अहिले देशबिदेशका स्रोता बिच लोकप्रिय बन्दैछ। आफ्नो पहिलो गीतबाट पाएको प्रतिकृयाले आफु उत्साहित भएको बताउँदै, गायक अर्यालले आफुले छिट्टै अर्को लोक कोसेली बजारमा ल्याउने बताए।

हेर्नुहोस गीत

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment