Comments Add Comment

महबुब आलमले लिए बंगलादेशको चौथो विकेट

फाइल फोटो

१५ चैत, काठमाडौं । एसीसी इमर्जिङ कप क्रिकेट अन्तरगत नेपाल अहिले बंगलादेशसँग भिडिरहेका छन् ।

नेपालले टस जितेर फिल्डिङ रोजेको छ । र, ब्याटिङको निम्तो पाएको बंगलादेश निकै दबावमा आएको छ । उसले पावर प्लेमा ४ विकेट गुमाएको छ र मात्र ३३ रन बनाएको छ ।

सुरुवाति ५ ओभरमा नेपालका अविनाश कर्ण चम्किए । उनले आफ्नो हरेक ओभरमा विकेट लिए ।

अर्को एण्डबाट बलिङ गरिरहेका महबुब आलमले पावर प्लेको अन्तिम बलमा बंगलादेशको चौथो विकेट लिए । उनले नजमुल हुसेन सान्टोलाई पभेलियनको बाटो देखाएका हुन् ।

आज नेपाली टोलीमा सुशन भारी र सागर पुनलाई ड्रप गरिएको छ र अनिवाश कर्णसँगै भुवन कार्कीलाई टिममा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment