Comments Add Comment

अमेरिकामा सम्पन्न तेक्वान्दो खुला प्रतियोगितामा नेपाली खेलाडीको बर्चस्व, ४४ पदक प्राप्त

 

वाशिंगटन डिसी । अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियास्थित रेस्टनमा सम्पन्न नेशनल क्यापिटोल तेक्वान्दो प्रतियोगितामा नेपाली मूलका खेलाडीहरुले ४४ वटा पदक प्राप्त गरेका छन् । प्रतियोगितामा बाल्टिमोरस्थित एभरेस्ट वल्र्ड क्लास तेक्वान्दो एकडेमीको टिमले १७ स्वर्ण, १६ रजत तथा ११ काँस्य पदक गरी कुल ४४ पदक प्राप्त गरेका हुन् ।

गत मार्च २५ तारिखमा सम्पन्न भएको खेलमा अधिकांश खेलाडी अमेरिकामा जन्मेका दोश्रो पुस्ताका खेलाडीहरु सहभागी थिए ।

त्यस्तै नेपालका पूर्वखेलाडी, अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रशिक्षक ,अन्तर्राष्ट्रिय निर्णायकहरुको उल्लेख्य सहभागिता रहेको थियो । सन् २००९ देखि नै अमेरिकामा रहेका अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको अहम भूमिका रहेको थियो ।

एभरेस्ट वल्र्ड क्लास तेक्वान्दो एकडेमीका बिद्यार्थीहरुले पुम्से तथा स्पारिङ्गमा पदक हासिल गरेका थिए । उक्त एकडेमीबाट ३१ जना बिधार्थीले भाग लिएकामध्ये १८ जना नेपली समुदायका बालबालिकाहरुको सहभागिता थियो ।

१२-१४ बर्षसम्मको खेलमा कृषा कार्की स्पारिङ्ग(भिडन्त) तथा पुम्से दुवैमा प्रथम, यसैगरी १८ बर्ष र माथिका उमेरमा सजनी राई स्पारिंग तथा पुम्से दुवैमा प्रथम, अमन गुरुङ १५-१७ बर्ष समूह दुवैमा प्रथम र प्र्रणव गर्बुजा स्पारिंगमा प्रथम तथा पुम्सेमा दोस्रो भएका छन् ।

त्यस्तै, ८-९ बर्ष समूहमा हेगन छ्नात्यल स्पारिंगमा प्रथम तथा पुम्सेमा तेश्रो, ११-१२ बर्ष को समुहमा सिम्रेन गुरुङ स्पारिंगमा प्रथम तथा पुम्सेमा तेश्रो स्थान र ११-१२ बर्षसम्मको समूहमा प्रोसेस अधिकारी स्पारिंगमा प्रथम तथा पुम्सेमा तेश्रो भएका थिए ।

१२-१४ बर्षसम्म उमेर समूहमा हेमन छन्त्याल भिडन्तमा प्रथम, ५-६ बर्ष उमेर समूहमा मलिना छन्त्याल भिडन्तमा प्रथम, ८-९ बर्ष उमेर समुहमा अभानिश गर्बुजा भिडन्तमा दोश्रो तथा पुम्सेमा पनि दोश्रो भएका छन् ।

९-१० बर्ष उमेर समुहका डेन छन्त्याल भिडन्तमा दोश्रो तथा पुम्सेमा दोश्रो, ६-७ बर्ष महिला समूहमा श्रेया ढकाल भिडन्तमा दोश्रो तथा पुम्सेमा दोश्रो, १२-१४ बर्ष समूहमा निरज ढकाल भिडन्तमा दोश्रो तथा पुम्सेमा दोश्रो भएका छन् ।

१२-१४ बर्ष उमेर समुहका कालो फित्ताधारी (ब्लाक बेल्ट) मा भिडन्तमा तेस्रो तथा पुम्सेमा दोश्रो, ८-९ बर्ष समुहमा प्राणीमा आचार्य भिडन्तमा तेश्रो तथा पुम्सेमा पनि तेश्रो स्थान प्राप्त गरेकी छिन् ।

१०-११ बर्ष समुहमा सबिन राई स्पारिङ्गमा तेश्रो स्थान तथा पुम्सेमा पनि तेश्रो स्थान, १०-११ बर्ष समुहमा रायन छन्त्याल भिडन्तमा तेश्रो स्थान तथा ८-९ बर्ष समुहमा टि्रना छन्त्यालले भिडन्तमा तेश्रो स्थान हासिल गरेकी छिन् ।

उक्त नेसनल क्यापिटोल तेक्वान्दो प्रतियोगितामा एवरेस्ट वल्र्ड क्लास तेक्वान्दो एकडेमीका संस्थापक तथा नेपाली मूलका प्रमुख समुह प्रशिक्षक मास्टर कुमार कार्की, टोली प्रशिक्षक मास्टर कल्पना कार्की, टोली प्रशिक्षक मास्टर निमा धमला तथा टोली प्रशिक्षक रोमित क्षत्री रहेका थिए ।

अन्तर्राष्ट्रय निणर्ायकमा मास्टर दिनेश श्रेष्ठ तथा मास्टर राजु छेत्री रहेका थिए भने राष्ट्रिय निणर्ायकमा मास्टर कृष्ण बलाल, मास्टर रामचन्ऽ केसी, मास्टर दुर्गा गुरुङ र मास्टर घनबहादुर थापा रहेका थिए ।

उक्त प्रतियोगिताको लागि अमेरिकाका बिभिन्न राज्यहरुबाट करिव ६ सय खेलाडीहरुले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment