Comments Add Comment

निर्वाचनको रणनीतिमा जुट्यो नयाँशक्ति, आज केन्द्रीय परिषद बैठक

फाइल तस्वीर

१५ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनको रणनीति तय गर्न नयाँ शक्ति पार्टी नेपालको अन्तरिम केन्द्रीय परिषद बैठक मंगलबारबाट सुरु हुँदैछ ।

बैठक काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजे बोलाइएको छ ।

दुई दिनसम्म चल्ने बैठकमा निर्वाचन केन्दि्रत रणनीतिक कार्ययोजनाको विषयमा विस्तृत छलफल हुने नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समिक्षा र पार्टीको नीति तथा कार्ययोजनाबारे पनि छलफल हुनेछ । नयाँ शक्तिले संविधान संशोधन गरेरमात्रै स्थानीय तह निर्वाचन गर्नुपर्ने धारणा राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment