Comments Add Comment

हरेक सेकेन्ड ट्रयाक हुन्छ उडान, बुद्धका विमान यसरी पुग्छन् सुरक्षित गन्तब्यसम्म


१५ चैत, काठटमाडौं । सुरक्षा संवेदनशीलतासँग जोडिएका विषय कसैले पनि खेलाँची गर्दैन । चाहे त्यो राष्ट्रिय सुरक्षाको कुरा होस् वा समाजको सुरक्षा । जसरी प्रहरी, सेना र गुप्तचरले शान्ति कायम राख्न हरेक गतिविधिमाथि निगरानी गरिरहेका हुन्छन्, त्यसैगरी जहाज कम्पनीले पनि उडान सुरक्षाका लागि निगरानी राख्ने गर्छन् । यस्तो निगरानी सुरक्षित उडान र अवतरणका लागि मात्रै राखिएको हो ।

जोखिमहरु न्यूनीकरण गर्दै सुरक्षित उडान नै जहाज कम्पनीको पहिलो प्राथमिकता हुने गर्छ । उडान सुरक्षित भएन भने कम्पनीमाथिको विश्वास मात्र सकिदैन, भविश्य नै समाप्त हुनसक्छ ।

संवेदनशीलताकै कारण बुध्द एयरले सुरक्षा र गुणस्तरलाई आफ्नो उडानको उच्च प्राथमिकतामा राख्ने गरेको छ । कम्पनीको उडान सुरक्षालाई ‘कर्पोरेट सेफ्टी डिपार्टमेन्ट’ले हेर्छ । उडान सुरक्षा प्रत्याभुति गर्ने कार्यलाई ‘अपरेसन क्वालिटी एस्युरेन्स’ भनिन्छ ।

‘कर्पोरेट सेफ्टी डिपार्टमेन्ट’ले जहाजको अवस्था विश्लेषणका लागि हरेक सेकेन्डको सुक्ष्म अध्ययन गरिरहेको हुन्छ । जहाजको इन्जिन चलेदेखि रोकिने बेलासम्म प्राविधिक गतिविधिको गणना गर्छ । यही ‘डिपार्टमेन्ट’ले हरेक जहाजको उडान उचाई, गति, ‘ग्राउन्ड स्पेसिङ’लगायत सुक्ष्म जानकारीसमेत ‘ह्याङ्गर’स्थित सम्बन्धीत विभागमा पठाउँछ । यो ‘डिपार्टमेन्ट’ले जहाजको मात्र होइन, चालक दलका सदस्यको गतिविधि समेत विश्लेषण गर्छ ।

बुद्ध एयरका हरेक जहाजको सूचनालाई व्याख्या (डिकोड) गर्न विदेशी कम्पनीसँग व्यवसायीक सम्झौता गरिएको छ । फ्रान्सेली कम्पनी ‘एसएजीईएम क्यास्सिओपी’ले दैनिकरुपमा बद्ध एयरका जहाजको सूचना संकलन गरी तिनलाई व्याख्या (डिकोड) गर्ने जिम्मा लिएको छ ।

यो कम्पनीले सूचनाहरुलाई तोकिएको मापदण्ड (प्यारामिटर) अनुसार भए नभएको व्याख्या (डिकोड) गरि बुद्ध एयरलाई २४ घण्टाभित्र पठाउने गर्छ । यसका आधारमा बद्ध एयरले हरेक जहाजको यथार्थ अवस्था बुझ्न सक्छ ।

यसरी आउने सूचना तथा तथ्यलाई सजिलोगरि अध्ययन गर्न वेवसाइटमै उपलब्ध हुने व्यवस्था मिलाइएको छ । यी सूचनालाई कम्पनीको ‘फ्लाइट डाटा मोनिटरिङ डिभिजन’ले मात्र हेर्न सक्छ । चालक दलका सदस्यले भने आफ्नै कामको बारेमा आफैंले हेर्न सक्छन् ।

वेवसाइटमा राखिएको यो डाटाले उडानबारे संक्षिप्त र बुझिने भाषामा जानकारी दिने भएकाले सजिलै त्यसको अध्ययन गर्न सकिन्छ ।

आधुनिक प्रविधिको सहयोगले उडानको निगरानी गर्न धेरै सजिलो भएको छ । उडानको ‘म्यापिङ’ र ‘भिजुअलाइज’ गर्न गुगल अर्थले समेत सहयोग गर्छ । आधुनिक प्रविधिको प्रयोगले अनुसन्धानमा समेत सहजता ल्याएको छ ।

जब चालक दलका सदस्यको पहिचान खुल्ने अवस्था आउछ, उडान निगरानीको डाटालाई संवेदनशील र गोप्य मानिन्छ ।
यो डाटा सबैलाई उपलब्ध हुने अवस्थ्ामा चालक दलका सदस्यको पहिचान भने गोप्य राखिन्छ । सकारात्मक परिवर्तत र सुरक्षा अभिवृद्धिका लागि अन्य तथ्याङ्क, गतिविधि, अनुसन्धान गरिएका घटना, जहाजका समस्यालगायतको भने विश्लेषण गरिन्छ ।

जहाजको उडान एकदमै संवेदनशील हुन्छ । उडानका लागि आन्तरिक तथा बाह्य दुवै कारणले प्रभाव पार्छन् । उडानका हरेक सेकेन्डको डाटा ‘क्र्यास प्रोटेक्टेड रेकर्डर’ अथवा ‘ब्ल्याक बक्स’मा रेकर्ड हुन्छ । एउटै उडानमा हजारौ डाटाहरु संकलित हुनसक्छन् ।

जब जहाजको इन्जिन चल्न थाल्छ, डाटाहरु रेकर्ड हुन थाल्छन् । जहाज एयर ट्राफिक जाममा परेपनि डाटा रेकर्ड भइरहेको हुन्छ । यसले गर्दा जहाज कति दूरीमा उड्यो भन्दा पनि कति समयसम्म यसको इन्जिन चल्यो भन्ने आधारमा डाटाको मात्रा घटिबढी हुन्छ ।

उडान निगरानीका क्रममा चालक दलका सदस्यको डाटा पनि संकलन भइरहेको हुन्छ । यसले बुध्द एयरलाई आफ्ना पाइलटको कार्यक्षमताबारे जानकारी दिन्छ ।

‘क्रिउ ट्रेन्ड एनलाइसिस’का आधारमा कम्पनीले उनीहरुलाई आवश्यक तालिम दिई क्षमता अभिवृद्धि गराउन पनि यस्तो विश्लेषण आवश्यक पर्छ । बुद्ध एयर कसैले गरेको गल्तीलाई दोष दिनुभन्दा पनि के कारणले गल्ती हुन गयो पत्ता लगाएर सम्बन्धित व्यक्तिको क्षमता बढाउन र उडानलाई प्रभावकारी बनाउनतर्फ ध्यान दिन्छ ।


२७ टन भन्दा माथिका जहाज उडाउनेका लागि आइएटिएका नियम अनुसार ‘फ्लाइट डाटा एनालाइसिस’ अनिवार्य छ । तौल कम भए पनि बुध्द एयरले आफ्ना सबै जहाजमा ‘फ्लाइट डाटा एनलाइसिस’ समावेश गरेको छ ।

‘फ्लाइट डाटा एनलाइसिस’ जहाजको भित्री र बाहिरी प्राविधिक पाटोको बारे जानकारी लिन अत्यावश्यक हुन्छ । पाइलटले भित्री र इन्जिनियरले बाहिरी पाटोबारे जानकारी लिन नसक्ने होइनन्, तर ‘फ्लाइट डाटा एनालाइसिस’ले भने पाइलट र इन्जिनियरले समेत पत्ता लगाउन नसकेका कुरालाई बाहिर ल्याउन मद्दत गर्छ ।

जब जहाज उड्न थाल्छ, हजारौ ‘कोड’हरु रेकर्ड गराउदै आफ्नो गन्तव्यसम्म पुग्छ । जुन पहिले सम्भव थिएन, तर प्रविधिको विकासले अहिले त्यसलाई सम्भव तुल्याएको छ । बुद्ध एयरले अहिले आफ्नो जहाजको उडान सुरु नहुँदैदेखि गन्तव्यमा पुगेर अवतरण भइसकेसम्म सजिलै निगरानी राख्न सक्छ । यो उडान र यात्रु सुरक्षाका लागि महत्वपूर्ण पनि छ ।

जोखिमहरुलाई न्यूनीकरणकै लागि यो प्रविधि बुध्द एयर सन् २०१४देखि हालसम्म निरन्तर प्रयोगमा ल्याएको छ । घरेलु तथा निजीतर्फ यो प्रविधिको प्रयोग गर्नेमा बद्ध एयर एक्ला कम्पनी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment