Comments Add Comment

धनगढी प्रिमियर लिगको तयारी अन्तिम चरणमा

३ हजार दर्शक अट्ने छतसहितको अस्थाई प्याराफिट बनाइने

 

१५ चैत, कैलाली । देशकै ठूलो पुरस्कार राशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगको तयारी तिब्र पारिएको छ । धनगढी क्रिकेट लिग (डिसिएल) र एसपिए कप क्रिकेट प्रतियोगितालाई गाभेर नयाँ स्वरुपमा सञ्चालन ल्याउन लागेको धनगढी प्रिमियर लिगका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतियोगिताका संयोजक सुवास शाहीले धनगढी प्रिमियर लिगको तयारी अन्तिम चरणमा पुगको जानकारी दिए । उनले पहिलो पटक ३ हजार दर्शकहरु अटाउने क्षमताको अस्थाई प्याराफिटको सुविधा दिन लागेको बताए ।

चर्को गर्मीबाट बच्न दर्शकहरुलाई प्याराफिटको माथि छतको समेत व्यवस्था रहने संयोजक शाहीले जानकारी दिए ।

अक्सनको आधारमा खेलाडी छनौट गरिएको धनगढी प्रिमियर लिगमा स्थानीय खेलाडीहरुले स्थान नपाएको गुनासोका बारेमा उनले प्रत्येक टिमले अनिवार्य ४ जना अनक्याप्ट खेलाडीहरु राख्ने भनिएपनि केहि खेलाडी मात्रै पर्न गएको बताए । क्रिकेटको भविष्य उज्ज्वल भएका कारण अहिले नपर्ने खेलाडीहरुले आगामी प्रतियोगितामा स्थान पाउने शाहीले बताए ।

प्रतियोगितालाई मध्यनजर गर्दै पहिलो पटक दुवो उमारेर पिच तयार गरिएको बताउँदै पिच क्युरेटर अजय पाण्डेयले खेलाडीहरुले विदेशी मैदानमा खेलेको अनुभव लिन सक्ने बताए ।

अक्सनमा स्थानीय खेलाडीहरु नपरेको प्रति दुःख व्यक्त गर्दै धनगढी क्रिकेड एकेडेमीका प्रशिक्षक किशन महतले प्रतियोगिताको पहिलो दिन नेपाल ११ सँग यहाँका स्थानीय खेलाडीहरुको खेल रहेकाले भविश्यमा केही आशा गर्न सकिने बताए ।

क्रिकेटको शहर भनेर चिनिने धनगढीमा राज्यको लगानी शून्य प्रायः छ । स्थानीय स्तरबाट राष्ट्रिय प्रतियोगिताहरु हुँदै आएको धनगढीमा यो पटक हुन लागेको धनगढी प्रिमियर लिगले भविश्यमा राष्ट्रिय स्तरमा खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment