Comments Add Comment

बंगलादेशको छैटौं विकेट झर्‍यो

१५ चैत, काठमाडौं । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली बंगलादेशबिरुद्ध प्रदर्शन गरिरहेको छ ।

सुरुवाती ११ ओभरमै चार विकेट गुमाएको बंगलादेशका लागि पाचौं र छैटौं विकेट युवा स्टार सन्दिप लामिछानेले लिएका छन् । उनले बंगाली कप्तान मोमिनुल हक र अफिफ हुसेनलाई पेविलियनको बाटो देखाए ।

पाचौं विकेट लिने क्रममा सन्दिपले हक र नसिर हुसेनको ७८ रनको पार्टनरसीप तोड्न सफल भए । २५औं ओभरको पहिलो बलमा उनले मोमिनुललाई ६१ रनको व्यक्तिगत स्कोरमा आउट गरेका हुन् ।

त्यसपछि आएका अफिफ हुसेनले पनि सन्दिपले नै ३२औं ओभरको दोस्रो बलमा पेविलियनको बाटो देखाए । उनी १४ रन बनाएर आउट भए ।

अर्को एण्डबाट खेलिरहेका नसिर हुसेनले भने अर्धसतक पूरा गरेका छन् ।

यसअघि ओपनिङ बलर अभिनाश कर्णले सुरुवाती पाँच ओभरमै तीन विकेट लिएर बंगलादेशलाई दवावमा ल्याएका थिए । ११औं ओभरमा मेहवुव आलमले विकेट लिएका थिए ।

बंगलादेशले अहिलेसम्म ३२ ओभरमा ६ विकेट गुमाएर १४२ रन जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment