Comments Add Comment

मधेसी मोर्चाद्वारा निर्वाचन कार्यालय घेराउ

१५ चैत, रौतहट । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकताले जिल्ला निर्वाचन कार्यालय रौतहट घेराउ गरेका छन् । स्थानीय निर्वाचनको विरोध गर्दै आएका मोर्चा कार्यकर्ताले पूर्व निर्धारित कार्यक्रमअन्तर्गत जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका हुन् ।

सदरमुकाम गौरस्थित जिल्ला निर्वाचन कार्यालयमा घेराउ गर्दै मोर्चा कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् । बिहान १० बजे कार्यालय अगाडि जम्मा भएका प्रदर्शनकारीले संविधान संशोधन गरी मधेसी मोर्चाको माग सम्बोधन नगरेसम्म स्थानीय निर्वाचन हुन नदिने बताएका छन् ।

मोर्चाले प्रदर्शन थालेपछि गौरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment