Comments Add Comment

अष्ट्रेलियाविरुद्धको टेष्ट शृङ्खला भारतले २-१ ले जित्यो

चौथो टेष्टमा भारत ८ विकेटले बिजयी

१५ चैत, काठमाडौं । अष्ट्रेलियाबिरुद्धको चार टेष्टको शङखला भारतले २-१ ले जितेको छ । धर्मशालामा आज सम्पन्न चौथो तथा निणर्ायक टेष्टमा ८ विकेटको जित निकाल्दै भारतले घरेलु भूमिमा शृङखला कब्जा गरेको हो ।

चौथो टेष्टको चौथो दिन लञ्च अगावै भारतले १०६ रनको लक्ष्य २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

ओपनर मुरली बिजय ८ र चेतेश्वर पुजारा ० रनमै आउट भएपनि इनिङ संहालेका अर्का ओपनर केएल राहुलले ५१ रनको अविजित अर्धशतकीय पारी खेले भने बिराक कोहलीको अनुपस्थितिमा कप्तानी भूमिकामा रहेका अजिंक्या राहणेले अविजित ३८ रन बनाए ।

यसअघि ३२ रनले पछि परेर दोस्रो इनिङ सुरु गरेको अष्ट्रेलिया १३७ रनमै अलआउट भएपछि भारतले १०६ रनको बिजय लक्ष्य पाएको थियो ।

टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङमा कप्तान स्टिभ स्मिथको सतकीय योगदानसहित ३०० रन बनाएको थियो ।

पहिलो इनिङमा भारतले ३३२ रन जोड्नै ३२ रनको अग्रता लिएको थियो । भारतका लागि टेष्टमा डेब्यू गरेका कुलदीप यादवले पहिलो इनिङमा ४ र दोस्रो इनिङमा ३ विकेट लिए ।

जितसगै चार टेष्टको शृङखला भारतले २-१ ले जितेको छ । पहिलो खेलमा अष्ट्रेलियासग पराजित भएको भारतले दोस्रो टेष्टमा जित हासिल गरेको थियो । तेस्रो टेष्ट भने बराबरीमा सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment