Comments Add Comment

मेमोरी कार्डबाट डिलिट भएका फाइल कसरी रिकभर गर्ने ?

आजकाल स्मार्टफोनको प्रयोग जो-कोहीले गर्छन् । लगभग सबै डाटा स्मार्टफोनमा सेभ गरिन्छ । फोनको इन्टरनल मेमोरी कम भएको खण्डमा मेमोरी कार्ड प्रयोग हुन्छ ।

मेमोरी कार्डमा एप्स, म्यूजिक, भिडियो, फोटोसमेत अन्य डाटाहरु स्टोर गरिएका हुन्छन् । यस्तोमा यदि मेमोरी कार्ड खराब भयो महत्वपूर्ण डाटाहरु नष्ट हुन सक्छन् । यहाँ हामी यस समस्याबाट मुक्तिका लागि सजिलो उपाय बताउँदैछौं जसले मेमोरी कार्डबाट डिलिट भएका डाटालाई रिकभर गर्न सहयोग गर्छ ।

कार्डलाई अर्को डिभाइसमा परिक्षण गर्नुस

सबैभन्दा पहिले आफ्नो मेमोरी कार्डलाई अर्को कुनै डिभाइसमा राखेर चेक गर्नुस । कहिलेकाहीँ भाइरसले गर्दा डिभाइसमा डाटा शो हुँदैन । यस्तोमा आफ्नो एसडी कार्डलाई निकालेर अर्कोमा हाल्नुस र चेक गर्नुस ।

कार्ड रिडरमा हेर्नुस मेमोरी कार्ड

मेमोरी कार्डलाई कार्ड रिडरमा लगाएर एक पटक हेर्नुस । यसपछि स्टार्टमा गएर सर्च बक्समा ‘cmd’ टाइप गर्नुस । अब कमान्ड विन्डो खुल्छ । यहाँ ड्राइबलाई फलो गर्दै ‘chkdsk’ टाइप गर्नुस । यसपछाडि कोलन र /एफ लेख्नुस । इन्टर गर्नुस र तपाईंको समस्याको समाधान पाउनुस ।

ड्राइभ चेक

कहिलेकाहीँ सिस्टमले मेमोरी कार्डका लागि नयाँ ड्राइभलाई असाइन गर्दैन र पपअप आउँछ कि ड्राइभ ‘ई’ मा डिस्कलाई लगाइयो । यस्तोमा सेटिङमार्फत न्यू ड्राइभ लेटरलाई असाइन गरेर यो समस्या समाधान गर्न सकिन्छ ।

कार्ड प्रपर्टी

कार्ड ड्राइभको प्रपर्टीमा जानुस र स्पेस चेक गर्नुस । यदि तपाईंको कार्डबाट सबै फाइल डिलिट भएको भए एसडी कार्डमा पूरा स्पेस देखिनेछ । कहिलेकाहीँ मात्र डाइरेक्ट्री मात्रै डिलिट हुन्छ । यस्तो अवस्थामा तपाईं स्यानडिस्क इनबिल्ट सलुसनको प्रयोग गर्न सक्नुहुन्छ जसले डिलिट भएका सबै फाइलहरुलाई रिस्टोर गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment