Comments Add Comment

रेखाको ‘पलाँस’ मा प्रदिपको ‘ओएसटी’


आउँदो शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘पलाँस’को एक ओएसटी गीत रिलिज भएको छ । कृषा चौलागाइको निर्माणमा तयार भएको चलचित्रको ‘ओएसटी’लाई कलाकार तथा संगीतकार प्रदिप बाँस्तोलाले तयार पारेका हुन् ।

प्रदिपले ‘पलाँस’को भावलाई गीतमा उतारेका छन् । गीतमा स्वर, शब्द र संगीत उनकै छ । चैत्र १८ गतेबाट रिलिज हुने यो चलचित्रलाई निर्मात्री चौलागाई भिन्न कथाको चलचित्र भन्न रुचाउँछिन् । नायिका रेखा थापा शिर्ष भूमिकामा रहेको यो चलचित्रमा अयुव केसी, कामेश्वर चौरासियाको मुख्य भूमिका छ ।

नायिका रेखा थापा अधिकांश चलचित्रमा एक्सन अवतारमा देखिदै आएकी छिन् । तर, यसमा दर्शकले रेखालाई विल्कुल फरक अवतारमा देख्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment