Comments Add Comment

नारायणगढ-मुग्लिन सडक आजदेखि ६ घण्टा बन्द

१५ चैत, चितवन । बर्षा अघिनै मूख्य काम सम्पन्न गर्ने लक्ष्यसहित स्तरोन्नतिको क्रममा रहेको नारायणगढ-मुग्लिन सडक खण्ड आजदेखि ६ घण्टा वन्द हुने भएको छ ।

यसअघि सूचना प्रकाशित गरी नारायणगढ-मुग्लिन सडक निर्माण आयोजनाले चैत १५ देखि सडकखण्ड दैनिक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म वन्द हुने जनाएको थियो ।

राजधानीलाई सडक मार्गबाट जोड्ने मूख्य सडकको निर्माण कार्य सुस्त भएको गुनासो बढेपछि तीव्र गतिमा काम सम्पन्न गर्न वन्द समय बढाएर ६ घण्टा पुर्‍याएको आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

जस अनुसार अब यो सडक खण्डमा बिहान १० बजेदेखि दिउसो चार बजेसम्म गाडी चल्न रोक लागाइएको छ । यसअघि पनि दैनिक साढे चार घण्टा सडक बन्द हुने गरेको थियो ।

पूर्वपश्चिम राजमार्गबाट काठमाडौं र पोखरालाई जोड्ने मूख्य राजमार्ग नारायणगढ-मुग्लिन सडक दिउसोको समयमा बन्द हुने भएपछि सडक यात्रामा याुत्रहरुलाई थप समस्या पर्ने भएको छ ।

सडक निर्माण एवं विस्तारको क्रममा ट्राफिक जामका कारण घन्टौंसम्म सवारीसाधन रोकिनुपर्ने बाध्यता भएको इन्जिनियर खनालले बताए । उनले दैनिक ६ घन्टा बन्द भए पनि बाकी समयमा दुवैतर्फ बाटो सहज सञ्चालन हुने बताए ।

बन्दको समयमा सवारी साधनलाई मुग्लिन र जुगेडीमा रोकिने छ । आयोजनाका इञ्जिनियर खनालले यातायात आवागमन कम गरी काम छिटो सम्पन्न गर्न पश्चिमतर्फ जान सिद्धार्थ राजमार्ग र पूर्व जान त्रिभुवन राजपथलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न सुझावसमेत दिएका छन् ।

नारायणगढ-मुग्लिन सडक खण्डलाई सन् २०१७ अप्रिल सम्ममा काम सम्पन्न गर्ने गरी चार लेनको सडक विस्तार भइरहेको छ । एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम दुई वर्षअघि सन् २०१५ को अपि्रलबाट सुरु भएको थियो । निर्धारित समय सकिनु एक महिना मात्रै बाकी रहदा आयोजनाको काम भने ४१ प्रतिशत मात्र सकिएको छ ।

३६ किलोमिटर लामो नारायणगढ-मुग्लिन सडकमध्ये ३३ किलोमिटरमा विस्तारको काम जारी छ ।
नेपाल भारत क्षेत्रीय व्यपार तथा यातायात आयोजना अन्तर्गत विश्व बैंकको करिब तीन अर्ब रुपैया ऋण सहयोगमा विस्तारको काम हुंदै गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment