Comments Add Comment

बंगलादेशको आठौं विकेट झर्‍यो

१५ चैत, काठमाडौं । एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा घरेलु टोली बंगलादेशबिरुद्ध टस जितेर बलिङ गरिरहेको नेपालले उसको आठौं विकेट लिएको छ ।

नेपाली कप्तान तथा पार्टटाइम बलर ज्ञानेन्द्र मल्लले बंगलादेशको आठौं विकेट लिएका छन् । उनले राहतुल जावेदलाई ४ रनको व्यक्तिगत स्कोरमा आउट गराएका हुन् ।

यसअघि बंगलादेशको सातौं विकेटमा पनि कप्तान ज्ञानेन्द्र मल्लकै योगदान रहृयो । युवा स्टार सन्दिप लामिछानेको बलमा मल्लले बंगलादेशका सइफ उद्धिनलाई रन आउट गराएका थिए ।

नेपालका लागि सन्दिप लामिछानेले पाचौं र छैटौं विकेट लिएका थिए । यसअघि ओपनिङ बलर अभिनाश कर्णले सुरुवाती पाँच ओभरमै तीन विकेट लिएर बंगलादेशलाई दवावमा ल्याएका थिए । ११औं ओभरमा मेहवुव आलमले विकेट लिएका थिए ।

बंगलादेशले अहिलेसम्म ४४ ओभरमा ८ विकेट गुमाएर १९६ रन जोडेको छ । एउटा एण्डबाट विकेट गएपनि अर्को एण्डबाट खेलिरहेका नसिर हुसेनले उत्कृष्ट प्रदर्शन गर्दै ७७ रन जोडिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment