Comments Add Comment

भारतीय स्थल सेनाध्यक्ष काठमाडौंमा

भारतीय सेनाध्यक्षलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापा । तस्वीर: नेपाली सेना

१५ चैत, काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष विपिन रावत मंगलबार नेपाल आएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले स्वागत गरेका थिए ।

नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्न उनी नेपाल आएका हुन् । नेपाल र भारतका सेना प्रमुखलाई दुबै देशले मानार्थ महारथीको सम्मान प्रदान गर्ने प्रचलन रहिआएको छ ।

भारतीय सेनाध्यक्ष रावतलाई बुधबार शीतल निवासमा विशेष समारोह आयोजना गरी नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले जानकारी दिए ।

नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले रावतलाई मानार्थ महारथीको सम्मान प्रदान गर्नेछिन् ।

नेपाल बसाइको क्रममा रावतले प्रधानमन्त्री, रक्षामन्त्री, प्रधानसेनापतिलगायतलाई भेट्ने कार्यक्रम छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा नेपाल आएका रावतले पोखरास्थित भारतीय सैनिक पेन्सन क्याम्प, मुस्ताङको मुक्तिनाथ र काठमाडौंको पशुपतिनाथको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

उत्तराखण्डका स्थायी बासिन्दा रावत गत वर्ष पुसमा भारतीय स्थल सेनाको २७ औं प्रमुखमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment