Comments Add Comment

म सेक्स कमेडी गर्न सक्दिनँः तपसी


बलिउड चलचित्रमा छोटो समयमा नै आफ्नो जोडदार अभिनयका कारण चर्चामा रहेकी नायिका हुन्, तपसी पन्नु । तपसीले थोरै चलचित्रमा मात्र अभिनय गरेकी छिन्, तर उनको चर्चा भारतमा निकै छ ।

‘बेबी, नाम सबना, पिंक’ जस्ता अवार्ड जित्न सफल चलचित्रमा काम गरेकी तपसी आफूलाई बलिउडमा अझै पनि ए लेभलकी नायिकाको रुपमा नहेरिएको भन्दै गुनासो गर्छिन् ।

उनै, तपसीले आफूले सेक्स कमेडी चलचित्रलाई तान्न नसक्ने बताएकी छिन् । तपसीले भनेकी छिन्-‘म महशुश गर्न सक्दिन कि म सेक्स कमेडी चलचित्रलाई धान्न सक्छु ।’

उनले आफूले यस्ता खालका चलचित्रमा काम गर्न कोशिश पनि नगर्ने बताइन् । उनले भनिन्-‘मेरा लागि सेक्स कमेडी चलचित्र होइन । यसैले मैले ‘जु्ड्वा २’ जस्तो कमर्सियल चलचित्र रोजेकी छु ।’ तपसी जसरि पनि बलिउडमा ए लेभलका नायिकाको स्थानमा पुग्न चाहन्छिन् । यसैले, उनले कस्ता चलचित्र खेल्नुपर्छ भन्ने राम्रासँग जानेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment