Comments Add Comment

चितवनमा विक्रम बाबा मेला सुरु

१५ चैत, चितवन । नेपाल कै पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने एक मात्र विक्रम बाबा मेला आजदेखि सुरु भएको छ ।

चैते दशैंका अवसरमा लाग्ने मेलाको आज निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्ऽ कडेल र श्रीजङ्ग गण कसराका प्रमुख सेनानी माधव थापाले संयुक्त रुपमा बिक्रमबाबाको पुजा आराधना गरी शुभारम्भ गरे ।

आजदेखि सुरु भएको मेला १५ दिनसम्म चल्नेछ । चैतेदशैंलाई लक्षित गरी हरेक बर्ष चैत्र औंसीदेखि पूणिर्मासम्म मेला लाग्छ ।

मेलामा होटल, खुद्रा सामाग्री, कपडा लगायतका स्टलहरु छन् । बनभोज स्थलको समेत व्यवस्था गरिएको छ ।

विक्रमबाबाको दर्शन गर्न जाने भक्तजनहरुहरुका लागि राप्ती नदीमा डुङ्गाको ब्यवस्था गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । जसका लागि सहज रुपमा निकुञ्ज खुल्ला समेत गरिएको छ ।

साथै मेलामा आउने झजनहरुको सुरक्षा लागि निकुञ्ज सुरक्षार्थ खटिएको श्रीजगं गणले विशेष सुरक्षा लागू गरेको प्रमुख सेनानी एवं गणपति माधव थापाले बताए ।

विक्रम बाबाको पूजा परापूर्व कालदेखि थारु जातिले गर्ने भएपनि पछिल्लो समय अन्य जातजातीहरुको पनि यसमा आस्था बढेको देखिन्छ ।

विक्रम बाबामा दर्शन गर्नाले सन्तान प्राप्ती, सुख लगायत मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । चैते दशैंमा हजारौ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशु पंक्षी वली दिने गर्दछन् ।

किम्बदन्तीका अनुसार विक्रम नाम गरेको आदीबासी -गुरौ) बाघको आक्रमणबाट ज्यान गएको ठाउमा पुजा गरे भाकल पूरा हुने, परिवारमा शान्ति, सन्तान प्राप्ति, मनोकामना पूरा हुने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment