Comments Add Comment

‘रेमिटल्याण्ड’ मा वैदेशिक रोजगारीको बाछिटा

काठमाडौं । वैदेशिक रोजगारीले पारेको आर्थिक र सामाजिक प्रभावबारे श्याम सिंघकको उपन्यास ‘रेमिटल्याण्ड’ सार्वजनिक भएको छ ।

सोमबार राजधानीको मण्डला थिएटरमा साहित्यकार राजन मुकारुङ र पत्रकार/लेखक देवेन्द्र भट्टराईले उपन्यास सार्वजनिक गरे ।

लोकार्पणपछि पुस्तकबारे टिप्पणी गर्दै मुकारुङले वैदेशिक रोजगारीले दिने आर्थिक सुखसँगै त्यसले समाजमा निम्त्याएको विभिन्न असरबारे ‘रेमिटल्याण्ड’ ले जीवन्त चित्रण गरेको बताए ।

रेमिट्यान्सले आर्थिक पाटो सबल भए पनि यौनिकता लगायतका अन्य पाटोले धेरै घरपरिवार खलबलिएको औंल्याउँदै  उनले भने, ‘आजको समाजको मनोदशा र मनोविज्ञान यो कृतिले जोडदार रुपमा प्रस्तुत गरेको छ ।’ उपन्यासमा आउने सबै पात्रहरुलाई समान रुपले अध्ययन गरियो भने मात्रै विषयमाथि न्याय हुने मुकारुङको भनाइ थियो ।

लामो समय खाडी मुलुकमा रहेर वैदेशिक रोजगारीको विषयमा लेखेका पत्रकार भट्टराईले ‘रेमिटल्याण्ड’ ले रेमिट्यान्सको उज्यालोमुनि निभ्दै गएका सम्बन्धलाई केलाउँदै नेपाली समाजको प्रष्ट तस्बिर देखाएको बताए ।

यस्तै, लेखक सिंघकले वैदेशिक रोजगारीबारे आफ्नो कुनै अनुभव नभए पनि गहन शोध-खोजपछि उपन्यास तयार पारेको उल्लेख गरे । पाण्डुलिपि सम्पादनका क्रममा लेखक साथीभाइका साथै विषय विज्ञको समेत परामर्श लिएको बताउँदै उनले उपन्यासलाई विश्वसनीय र तथ्यपरक बनाउन कुनै कसर नछाडेको दाबी समेत गरे ।

‘रेमिटल्याण्ड’ फिनिक्स बुक्सले छापेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment