Comments Add Comment

मिसेस चितवनको उपाधि सुष्मा थापालाई


भरतपुर । चितवनमा पहिलो पटक आयोजना भएको मिसेस चितवनको उपाधि नारायणगढकी सुष्मा थापाले जितेकी छन् । अन्य १८ जनालाई पछि पार्दै सुष्माले उक्त उपाधि जितेकी हुन् । प्रथम मिस नेपाल रुवी राणाले उनलाई ताज लगाई दिइन् । उनले मिसेज चितवनको ताजसागै नगद ५० हजार रुपैयाासहित आकर्षक गिफ्ट हृयाम्परसमेत पाइन् ।

एक छोराकी आमा सुष्मा २९ वर्षकी हुन्, उनले मिसेस पर्सानालिटी र भ्यूयर्स च्वाइस अवार्डसमेत हात पारिन् । उनलाई सामाजिक सञ्जालको सकारात्मक तथा नकारात्मक पक्ष के के छन् भनेर सोधिएको प्रश्नमा उनले स्वयम व्यक्तिको व्यवहार, आचारणमा सामाजिक सञ्जालको सदुपयोग वा दुरुपयोग निर्भर रहने जवाफ दिएकी थिइन् ।

यो प्रतियोगिताले नारी सशक्तिकरणमा कस्तो भुमिका खलेको छ प्रश्नमा उनको जवाफ थियो, मिसेस चितवनले नारीभित्र गुम्सेर रहेका प्रतिभा, आत्मविश्वास, समयअनुसार सहजै अंगाल्ने शक्तिको आधारको उर्जा मिलेको बताइन् । उनले महिला सशक्तिकरण यो प्रतियोगिता महत्वपूर्ण रहेको बताएकी छन् ।

यस्तै फस्ट रनर अप रेनु तामाङ् भइन् भने सेकेण्ड रनर अप आना ढकाल बनिन् । उनीहरुले क्रमश ३० हजार, २० हजार रुपैयाा हात पारे । रेनु तामाङ्ले मिस ट्यालेन्ट अवार्ड जितिन् ।

आना ढकालले मिसेस कन्जियालिटी अवार्ड समेत जितिन् । मिसेस क्याटवाक अवार्ड रोजिना प्रधान, मिसेस डिसपिलिन् अवार्ड संगीता अर्याल, वेष्ट फिगर अवार्ड सविना चौधरी, वेष्ट स्किन अवार्ड जमुना शर्मा, फ्रेन्डली अवार्ड सपना श्रेष्ठ, वेष्ट स्माइल अवार्ड शान्ति शाही तिवारी, पन्च्युयालिटि अवार्ड धनु थापा मगर, मिसेस व्युटिफुल नितु भण्डारी, मिसेस इनोसेन्ट अवार्ड रिता थनेत, वेष्ट चार्मिङ अवार्ड ज्योतिका थापा, वेष्ट हेयर अवार्ड सीता श्रेष्ठले जितिन् ।

दाताज ईभेन्ट्सको तर्फबाट दुर्गा घिमिरे र मिना झा कार्यक्रम संयोजक रहेका थिए । प्रतियोगिता सोमबार राति १० बजे सकिएको थियो । निर्णायकको भूमिकामा आयोजक तर्फबाट विशाल गुरुङ्, पहिलो मिस नेपाल रुवी राणा, फोटोग्राफर राजभाई सुवाल, कोरियाग्राफर पियुष कर्ण, युवा व्यवसायी रुविन रामुदामु थिए । प्रतिस्पर्धामा सहभागि अधिकांसले आˆनो परिचय गराउने क्रममा ‘आमा’ को महत्वबारे बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment