Comments Add Comment

एडीबीको प्रक्षेपणः यो वर्ष आर्थिक वृद्धिदर ६.२ प्रतिशतसम्म

'समग्र आर्थिक परिदृश्य राम्रो देखियो'


१५ चैत, काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्ष २०७३/०७४ मा कुल गाह्रस्थ उत्पादन वृद्धिदर ५.२ देखि ६.२ प्रतिशतको बीचमा रहने  संशोधित प्रक्षेपण सार्वजनिक गरेको छ ।

गत वर्ष चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन वृद्धिदर एडबीबीले ४.८ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । तर , मौसमका कारण देशको कृषि उत्पादनमा वृद्धि हुनुुका साथै देशमा भूकम्पपछिको पुनर्निर्माणले पनि गति लिएका कारण पूर्वअनुमान गरिएभन्दा समग्र आर्थिक परिदृश्य राम्रो देखिएको एडीबीले जनाएको छ ।

रासायनीक मलको सहज उपलब्धता र औसतभन्दा बढी मौसमी वषर्ात भएका कारण देशको आर्थिक स्थितीमा सुधार आउने देखिएको छ । साथै विद्युत आपुर्तिमा आएको उल्लेख्य सुधारका कारण पनि देशको आर्थिक परिदृश्य आशा लाग्दो भएको एडीबीको भनाइ छ ।

अनुमान सच्चियो

मंगलबार एक पत्रकार सम्मेलन गर्दै नेपालका लागि एडीबीका प्रमुख अर्थबिद् शरद भण्डारीले भने ‘सामान्य अवस्थामा फर्केको ब्यापार, लोडसेडिङमा आएको कमी र भूकम्प पछिको पुनर्निर्माणले लिएकेा गतिका कारण यसवर्ष देशको आर्थिक परिदृश्य आशालाग्दो देखिएको छ ।’

गतवर्ष भने एडीबीले पुनर्निर्माण तीव्र गतिले अघि बढेमा र मनसुन सपि्रनुका साथै राजनीतिक स्थायीत्व भएमा ४.८ प्रतिशतले कायम हुने एडीबीले अनुमान गरेको थियो । तर स्थिती एडबीले अनुमान गरे भन्दा पनि राम्रो देखिएको छ ।

तर चालु आर्थिक वर्षको ६ महिनामा बजेट खर्चको कार्यसम्पादन भने उत्साहजनक नरहेको एडीबीको भनाइ छ । मासिक खर्चको प्रबृत्ति गत वर्षको जस्तै रहेको र यसमा सुधार आउन नसेकेको देखिएको छ ।

मुद्रास्फीति पनि घट्दै गएकेा देखिएको छ । चालु आर्थिक वर्षमा मुद्रास्फीति औसतमा ५.८ प्रतिशतमा रहेको एडीबीले जनाएकेा छ । आर्थिक वर्ष २०७२/०७३ को छ महिनामा कुल गार्हस्थ उत्पादन बृद्धिदर ९.४ प्रतिशत रहेको थियो ।

वैदेशिक लगानीका कार्यशैलीमा सुधार गर्नुपर्ने

देशको आर्थिक स्थितीमा थप सुधार ल्याउनको लागि वैदेशिक लगानी भित्राउने पद्धतिमा सुधार गर्नुपर्ने एडीबीले जनाएको छ ।वैदेशिक लगानी भित्राउनको लागि स्वीकृति भिसा र आम्दानी फिर्ता लैजाने प्रक्रियालाई सहज बनाउनु पर्ने एडीबीको सुझाव छ ।
स्वीकृति प्रक्रियामा रहेको दोहोरोपनलाई तत्काल हटाएमा पनी प्रत्यक्ष वैदेशिक लगानीमा सुधार हुने एडबीको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment