Comments Add Comment

गर्भपतनविरुद्धको सन्देशमूलक होडिङबोर्ड देशभर राख्न निर्देशन

'ललितपुरको होमियोप्याथिक अस्पताल अन्यत्र नसार'

समितिकी सभापति रञ्जुकुमारी झा

१५ चैत, काठमाडौं । व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले ‘लिंग पहिचान गरी गर्भपतन गर्ने/गराउने व्यक्ति वा संस्थालाई कानुनी कार्वाही हुनेछ’ भन्ने व्यहोरासहितको होडिङ बोर्ड देशभरका सबै सरकारी तथा निजी स्वास्थ्य संस्थामा राख्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार बसेको समितिको बैठकले स्वास्थ्य मन्त्रालयलाई सो निर्देशन दिएको समितिकी सभापति रञ्जुकुमारी झाले जानकारी दिइन् ।

लिंग पहिचान गरी गर्भपतन गर्ने/गराउनेको संख्या बढदै गइरहेका बेला समितिले सरकारलाई त्यसलाई रोक्ने गरी जनचेतनामूलक कार्यक्रम संचालन गर्न पनि भनेको छ ।

होमियोप्याथिक अस्पताल नसार्न सरकारलाई निर्देशन

समितिले होमियोप्याथिक चिकित्सालय अन्यत्र नसार्न पनि सरकारलाई निर्देशन दिएको छ । ललितपुर महानगरपालिकास्थित हरिहर भवनमा रहेको सो कार्यालय सोही ठाउँमै राख्न समितिले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो ।

चिकित्सालयको भवनसहितको पुरै कम्पाउण्ड पाटन उच्च अदालतले खरिद गर्ने पत्राचार स्वास्थ्य मन्त्रालयमा गरेको जानकारी चिकित्सालयले गराएपछि समितिले सोही ठाउँमा चिकित्शालयको व्यवस्थापन गर्न सरकारलाई सचेत गराएको हो ।

त्यसैगरी समितिले आयूर्वेद चिकित्सालयलाई प्रभावकारी ढंगले संचालन गर्न पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment