Comments Add Comment

मञ्जुल र मीरालाई सम्मान-पुरस्कार

काठमाडौं । भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ कवि मञ्जुललाई सम्मान गरेको छ । यस्तै, अल्ट्रा धाविका मीरा राईलाई पुरस्कृत गरिएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा सोमबार सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका सदस्य-सचिव गणेश रसिकले मञ्जुललाई १० हजार र ताम्रपत्र तथा मीरालाई ३० हजार रुपैयाँ र तामपत्रसहित सम्मान गरे ।

रसिकले मञ्जुल स्कूलदेखिकै साथी भएको उल्लेख गर्दै उनकै कारण आफू सङ्गीतमा लागेर अहिलेको अवस्थामा आइपुगेको बताए ।

भोजपुरमा जन्मी-हुर्की साहित्य, कला, संस्कृति, खेलकुद लगायत क्षेत्रमा योगदान पुर्‍याउने प्रतिभाहरुलाई सम्मान गर्दै आएको संस्थाका अध्यक्ष दयाकृष्ण राईले बताए ।

सम्मानपछि भावुक बनेका मञ्जुलले गला अवरुद्ध भएपछि सम्बोधन गर्न सकेनन् । मीराले दौडबाट देशको नाम राख्न सकिने उल्लेख गर्दै पुरस्कारले हौसला मिल्ने गरेको सुनाइन् ।

कार्यक्रममा कवि एवं प्राज्ञ श्रवण मुकारुङ, शशी लुमुम्बू, गीतकार श्याम तमोट, संस्थाका सचिव काङमाङ नरेश राई लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment