Comments Add Comment

करोडौंको नाटक, हजारौंको टिकट र शो हाउसफुल !

के आसिफले १९६० मा ‘मुगल ए आजम’ फिल्म बनाउँदा त्यसको बजेट १.५ करोड भारु थियो । त्यही समयमा बनेको रिचर्ड एटनबराको फिल्म ‘गान्धी’को बजेट २.२ करोड अमेरिकी डलर थियो ।

केही हप्ताअगाडि रिलिज भएको हलिउड फिल्म ‘ब्यूटी एन्ड द बिस्ट’ को बजेट १६ करोड अमेरिकी डलर थियो । यी तीनै फिल्ममा एउटा समानता छ । यी तीनै फिल्म मञ्चमा म्युजिकल नाटकका रुपमा प्रस्तुत भइसकेका छन् । यी म्युजिकल नाटकको बजेट १ करोडदेखि लिएर करिब ३.५ करोड भारुसम्म पुगेको छ ।

यति ठूलो बजेटमा बनेका नाटकको टिकट पनि महंगो मूल्यमा बिक्री भयो । ‘मुगल ए आजम’ को टिकट ५ सयबाट सुरु भएर ७ हजार ५ सय भारुसम्ममा बिक्यो । र, यसको सबै शो हाउसफुल भएको थियो ।

एउटा नाटक हेर्नका लागि किन मानिसहरु हजारौं रुपैयाँ खर्चिन तयार हुन्छन् त ?

हेड लाइभ इन्टरनटेनमेन्ट डिज्नी इन्डिया र ब्यूटी एन्ड द बीस्ट’ नाटकका निर्देशक विक्रान्त पवार भन्छन्, ‘यति ठूलो नाटक बनाउने प्रक्रिया जटिल हुन्छ । यस प्रोडक्सनमा एक साथ ८० जना कलाकारहरु मञ्चमा अभिनय गरिरहेका थिए । पुरै शोका लागि २०० मानिसहरु काम गरिरहेका थिए । प्रत्यक्ष मनोरञ्जनको विकल्प त्यसै पनि कम छ र मानिसहरु यो हेर्न मन पराउँछन् ।’

अभिनेता बोमन इरानी ‘गान्धी द म्युजिकल’ मा जोडिएका छन् । उनी भन्छन्, ‘मानिसहरु न्यूयोर्कमा ब्रड-वे हेर्नका लागि यदि पैसा खर्च गर्छन् भने आफ्नो देशका ठूला प्रोडक्सन किन हेर्दैनथे ? पश्चिमासँग तुलना गर्दा हाम्रो देशमा यस्ता ठूला म्युजिकल्सका लागि स्थानका विकल्प पनि कम छन् । यस्तोमा तीन ठूला म्युजिकल बन्नु पक्कै सानो कुरा होइन । भारतीय विषय र संगीतबाट निर्माण भएका यी म्यूजिकल्सलाई दर्शकले मन पराइरहेका छन् ।’

नीपा जोशीपुराले जब ‘मुगल ए आजम’ नाटक हेर्न चाहिन्, टिकटको मूल्य देखेर सोचमा परिन् । तर, आखिर उनले टिकट किनेरै छोडिन् ।

उनी भन्छिन्, ‘यस्ता नाटक बारम्बार आउँदैनन् । संगीत, नृत्य र नाट्यको सम्मिलन हुर्नका लागि पैसा ठूलो कुरा होइन ।’

सिली प्वाइन्ट प्रोडक्सनको ‘गान्धी द म्यूजिकल’ मा १५ नयाँ गीतहरु छन् र क्रुसमेत गरेर ६० व्यक्तिहरुले यसलाई प्रस्तुत गर्छन् । यसमा जोडिएका मेहरझान पटेलको भनाई छ, ‘यस प्रोडक्सनका लागि एक करोडभन्दा बढि बजेट लागेको छ र तीन वर्ष मिहिनेत गरिएको छ । यो सबैको परिणाम मञ्चमा देखिदा दर्शकहरुले आफ्नो पैसा सदुपयोग भएको महसुस गर्छन् ।’

उनी थप्छन्, ‘कथा सबैलाई थाहा हुन्छ र यसलाई फरक तरिकाले प्रस्तुत गर्न कठिन छ । तर, रोमाञ्चक पनि । नाटकमा गान्धीसँग जोडिएको भजन त छैन तर सबै नयाँ रचनाहरु छन् । अपि्रलमा हुने गान्धीका शोलाई दर्शकले पक्कै मन पराउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment