Comments Add Comment

स्थानीय चुनावलाई सघाउन भारतलाई गृहमन्त्री निधीको आग्रह

राजनीतिक भेटवार्तामा भारतीय राजदूतको दौडधूप

१५ चैत, काठमाडौं । आइतबार मात्रै राष्ट्रपति विद्या भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका भारतीय राजदूत मञ्जी सिंह पुरीले राजनीतिक दलका नेता र उच्च सरकारी अधिकारीहरुसँगको भेटवार्तालाई तीब्रता दिएका छन् ।

भारतीय राजदूत पुरीले मंगलबार दुई उपप्रधानमन्त्रीहरुसँग भेट गरे । पप्रधानमन्त्री कमल थापालाई स्थानीय विकास मन्त्रालयमा करीव एक घण्टा भेट गरेका पुरी त्यस लगत्तै अर्का उपप्रधानमन्त्री बिमलेन्द्र निधीलाई भेट्न गृह मन्त्रालयमा पुगेका थिए ।

नेपालस्थित भारतीय दूतावासका अनुसार भेटमा गृहमन्त्री निधीले नेपालमा हुन लागेको स्थानीय चुनावलाई सघाउन आग्रह गरेका थिए । जवाफमा राजदूतले गृहमन्त्री निधीको आग्रहलाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।

गृहमन्त्री र राजदूतबीचको भेटवार्तामा द्विपक्षीय सुरक्षा,सहयोग र राजनीतिक अवस्थाको बारेमा छलफल भएको दूतावासले जनाएको छ ।

त्यसअघि उपप्रधानमन्त्री थापासँगको भेटमा स्थानीय तहको दिगो विकास र द्विपक्षीय चासोका विषयमा छलफल भएको दूतावासले जनाएको छ । भेटमा नेपालका राजनीतिक परिस्थिति र आसन्न स्थानीय निर्वाचनको तयारीका बारेमा समेत छलफल भएको थियो ।

भारतीय राजदूत पुरीले सोमबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । राजदूतले ओहोदाका प्रमाणपत्र बुझाएकै साँझ कांग्रेस सभापति शेरवहादुर देउवासँग रात्रीभोज गरेको स्रोतले जनाएको छ । तर, दुवै पक्षले सो भेट भने गोप्य राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment