Comments Add Comment

पेट्रोल बम हान्नेलाई कारबाही गर्न फोटो पत्रकारको माग

रत्नराज्य क्याम्पस नजिक फोटो पत्रकारहरुलाई लक्षित गरी हानिएको पेट्रोल बम

१५ चैत, काठमाडौं । प्रदर्शनीमार्गमा फोटो पत्रकारहरुलाई लक्षित गरी पेट्रोल बम प्रहार गर्नेहरुलाई कारबाही गर्न फोटो पत्रकार क्लब र राष्ट्रिय फोटो पत्रकार समूहले माग गरेका छन् ।

फोटो पत्रकार क्लबका उपाध्यक्ष दीपक गाउँले र राष्ट्रिय फोटो पत्रकार समूहका सचिव प्रदीपराज वन्तले मंगलबार छुट्टा छुट्टै विज्ञप्ति निकालेर पेट्रोल बम प्रहारको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

आरआर क्याम्पसमा स्ववियु चुनावको क्रममा फोटो खिच्दै गरेका श्रीधर पौडेल र केशव थापालाई लक्षित गरी मंगलबार अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको थियो  । पौडेल अनलाइनखबर डटकममा र थापा कान्तिपुर दैनिकमा आवद्ध छन् ।

फोटो पत्रकार क्लब र राष्ट्रिय फोटो पत्रकार समूहले राज्यको चौथो अंग सञ्चार श्रेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेशण गर्न पाउने बातावरण बनाउन पनि माग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment