Comments Add Comment

विद्यालय क्षेत्र विकासका लागि विश्व बैंकबाट १९ अर्व ऋण स्वीकृत


१५ चैत, काठमाडौं । विश्व बैंकले नेपालको विद्यालय क्षेत्रको विकासका लागि १९ अर्व २६ करोड ८१ लाख रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।

विश्व बैंकले आधारभूत र माध्यमिक शिक्षाको समानता, गुणस्तर, प्रभावकारिता, प्रशासन तथा व्यवस्थापन सुधारमा नेपालको प्रयत्नलाई सहयोग गर्न १९ अर्ब २६ करोड ८१ लाख रुपैयाँ छुट्टाएको हो ।

नेपाल सरकारको सात वर्षे विद्यालय क्षेत्र विकास योजना कार्यान्वयनमा लाग्ने खर्चको एक हिस्सा उपलब्ध गराउने बैंकले जनाएको छ ।

प्रत्येक वर्ष यस कार्यक्रमले देशभरिका ३० हजारभन्दा बढी सामुदायिक विद्यालय र केन्द्रहरुमा ७० लाखभन्दा बढी विद्यार्थीहरु र एक लाख ८० हजार भन्दा बढी शिक्षक तथा शीघ्र बाल शिक्षा एवं विकास सहजकर्ताहरुलाई लाभान्वित तुल्याउने बैकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विद्यालय शिक्षा सुधार्ने नेपालको प्रयत्नमा विश्व बैंक सन् १९९२ देखि विश्व बैंक साझेदारका रुपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment