Comments Add Comment

क्यासवे मनि ट्रान्सफरलाई मनि ‘ट्रान्सफर’ अनुमति

१५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासवे मनि ट्रान्सफर प्रालिलाई मनि ट्रान्सफर सेवा सम्बन्धी कारोबार गर्ने अनुमति प्रदान गरेको छ ।

नेपालका प्रतिष्ठित उद्योगपति, व्यवसायी, बैंकर तथा रेमिट्यान्स विशेषज्ञहरुको प्रयासमा रेमिट्यान्स सेवालाई अझै सरल, सहज तथा अत्याधुनिक प्रविधिको प्रयोग गरि सेवा दिने उद्देश्यले कम्पनीको स्थापना भएको हो ।

जसले गर्दा अझै आउने दिनहरुमा बढी मात्रामा नेपालभित्र बैंकिङ माध्यमद्वारा रेमिट्यान्स भित्र्याउने कार्य सहज हुनेछ ।
“विश्वमा जहाँ जहाँ नेपाली, त्यँहा त्यहाँ क्यासवे मनि ट्रान्सफर” भन्ने मुल नाराका साथ कम्पनीले आफ्नो प्रारम्भिक कार्यहरु शुरुवात गरिसेकेको  कम्पनीले जनाएको  छ।

पहिलो चरणमा कम्पनीले “जनरल रेमिट” को सेवा दिने कार्य गरिसके पछि दोस्रो चरणमा डिजिटल रेमिटको सेवा पनि सुरु गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment