Comments Add Comment

नेपाल १० खेलाडीमा सीमित, फिलिपिन्सले ३ गोल गर्‍यो

१५ चैत, काठमाडौं । एसियन कप छनौट अन्तर्गत फिलिपिन्सबिरुद्ध जारी खेलमा नेपाल सुरुवाती १२ मिनेटमै १० खेलाडीमा समेटिएको छ ।

खेलको १२औं मिनेटमा फिलिपिनो खेलाडीको हेडर प्रहार नेपाली मिडफिल्डर बिक्रम लामाले हातले रोकेका थिए । रेफ्रीले उनलाई सिधै रेड कार्ड देखाए भने फिलिपिन्सलाई पेनाल्टीको अवसर दिए ।

टोलीका कप्तान फिल योङहस्वेण्ड प्रहार गरेको पेनाल्टी नेपाली गोलरक्षक किरण चेम्जोङले रोकेर गोलको खतरा टारेका थिए ।

तर फिलिपिन्सले २१औं मिनेटमा पुनः पेनाल्टीको अवसर पायो । त्यस अवसरमा भने फिल चुकेनन् र १-० को अग्रता दिलाए । डिफेण्डर रविन श्रेष्ठले फिलिपिनो खेलाडीलाई डिबक्सभित्र फल गरेपछि उसले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसको दुई मिनेट बित्न नपाउँदै फिलिपिन्सले अर्को गोल गर्‍यो । उसका लागि फिल योङहस्वेण्डले गोल गरे ।

२८औं मिनेटमा नेपालले तेस्रो गोल खायो । यसपटक इयान राम्सेले फिलिपिन्सका लागि गोल गरे ।

सुरुवातमै १० खेलाडीमा समेटिनुपरेपछि नेपालले अहिले रक्षात्मक खेल खेलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment