Comments Add Comment

नेपालले फिलिपिन्सबिरुद्ध १ गोल फर्कायो

१५ चैत, काठमाडौं । एसियन कप छनौट अन्तर्गत नेपालले अहिले फिलिपिन्सबिरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । पहिलो हाफमा नेपालले ३-१ ले पछि छ ।

मनिलास्थित रिजाल मेमोरियल रंगशालामा जारी खेलको १२औं मिनेटमै मिडफिल्डर बिक्रम लामाले रेड कार्ड पाएपछि १० खेलाडीमा समेटिएको नेपालले त्यसयता १६ मिनेटको अन्तरमा ३ गोल खाएको थियो ।

पहिलो हाफको इन्ज्यूरी समयमा नेपालले १ गोल फर्काएको छ । २९औं मिनेटमा अञ्जन विष्टलाई रिप्लेस गर्दै मैदान प्रबेश गरेका राईले रविन श्रेष्ठको पासमा गोल फर्काएका हुन् ।

यसअघि खेलको १२औं मिनेटमा फिलिपिनो खेलाडीको हेडर प्रहार नेपाली मिडफिल्डर बिक्रम लामाले हातले रोकेका थिए । रेफ्रीले उनलाई सिधै रेड कार्ड देखाए भने फिलिपिन्सलाई पेनाल्टीको अवसर दिए ।

टोलीका कप्तान फिल योङहस्वेण्ड प्रहार गरेको पेनाल्टी नेपाली गोलरक्षक किरण चेम्जोङले रोकेर गोलको खतरा टारेका थिए ।

तर फिलिपिन्सले २१औं मिनेटमा पुनः पेनाल्टीको अवसर पायो । त्यस अवसरमा भने फिल चुकेनन् र १-० को अग्रता दिलाए । डिफेण्डर रविन श्रेष्ठले फिलिपिनो खेलाडीलाई डिबक्सभित्र फल गरेपछि उसले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसको दुई मिनेट बित्न नपाउँदै फिलिपिन्सले अर्को गोल गर्‍यो । उसका लागि पुनः फिल योङहस्वेण्डले गोल गरे ।

२८औं मिनेटमा नेपालले तेस्रो गोल खायो । यसपटक इयान राम्सेले फिलिपिन्सका लागि गोल गरे ।

यो पनि पढ्नुस्

नेपाल १० खेलाडीमा सीमित, फिलिपिन्सले ३ गोल गर्‍यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment