Comments Add Comment

फिलिपिन्ससँग हार्‍यो नेपाल, विक्रमलाई रातो कार्ड

१५ चैत, काठमाडौं । एसिया कप छनोट फुटबलमा नेपालले फिलिपिन्ससँग हार व्यहोरेको छ । मंगलबार भएको खेलमा १० खेलाडीमा सिमित नेपालले फिलिपिन्ससँग ४-१ को हार व्यहोरेको हो ।

मनिलास्थित रिजाल मेमोरियल रंगशालामा जारी खेलको १२औं मिनेटमै मिडफिल्डर बिक्रम लामाले रेड कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । फिलिपिनो खेलाडीको हेडर प्रहार नेपाली मिडफिल्डर बिक्रम लामाले हातले रोकेका थिए ।

रेफ्रीले उनलाई सिधै रेड कार्ड देखाए भने फिलिपिन्सलाई पेनाल्टीको अवसर दिए । टोलीका कप्तान फिल योङहस्वेण्ड प्रहार गरेको पेनाल्टी नेपाली गोलरक्षक किरण चेम्जोङले रोकेर गोलको खतरा टारेका थिए ।

तर, फिलिपिन्सले २१औं मिनेटमा पुनः पेनाल्टीको अवसर पायो । डिफेण्डर रविन श्रेष्ठले फिलिपिनो खेलाडीलाई डिबक्सभित्र फल गरेपछि उसले पेनाल्टीको अवसर पाएको थियो, जसमा फिल चुकेनन् र १-० को अग्रता दिलाए ।

त्यसको दुई मिनेट बित्न नपाउँदै फिलिपिन्सले अर्को गोल गर्‍यो । उसका लागि पुनः फिल योङहस्वेण्डले गोल गरे । २८औं मिनेटमा नेपालले तेस्रो गोल खायो । यसपटक इयान राम्सेले फिलिपिन्सका लागि गोल गरे ।

नेपालले पहिलो हाफको अन्तिममा गोल फर्कायो । विशाल राईले गोल गर्दै नेपाललाई खेलमा फर्काउने संकेत गरेका थिए ।

तर, दोस्रो हाफमा पनि फिलिपिन्स नै हावी भयो । उसका पटिनोले ७३ औं मिनेटमा गोल गरे र घरेलु टोली ४-१ ले विजयी भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment