Comments Add Comment

बच्चासँगै बाबुले दुध चुसेको फोटो इन्स्टाग्राममा पोष्ट भएपछि

सामाजिक सञ्जाललाई कसरी दुरुपयोग गर्ने भनेर कसैले यी महापुरुषबाट सिकोस ! अष्ट्रेलियाका डिन ह्यारिङ्टोनले इन्स्टाग्राममा यस्तो तस्बिर पोष्ट गरेका छन् जुन हेर्ने जोसुकै पनि लाजले निहुरिन बाध्य हुन्छन् ।

तस्बिरमा उनकी श्रीमतीले राइनाहले आफ्नो एक महिनाको बच्चा आर्लेलाई सोफामा बसेर दुध चुसाइरहेका छन् । र, ह्यारिङ्टोन महासयले बच्चा झैं गरी श्रीमतीको अर्को स्तन चुसिरहेका छन् । राइनाहले पनि श्रीमानको यो हर्कतलाई खुशीसाथ स्वीकारेको तस्बिरबाट देखिन्छ ।

तस्बिरको क्याप्सनमा ह्यारिङ्टोनले लेखेका छन्, ‘हामीले एउटा गजब काम गर्‍यौं, हाहाहा…’ । इन्स्टाग्राममा ६० हजार फलोअर्स भएका ह्यारिङटोनको यस तस्बिरले ठूलै हल्लाखल्ला उत्पन्न भएको थियो । हजारौंले यसमा लाइक गरे भने सयौंले कमेन्ट गरे । तर पछि इन्स्टाग्रामले सो तस्बिर हटाइदिएको छ ।

यस विषयमा प्रतिक्रिया दिँदै उनले आफूले साँच्चिकै दुध चुसेको नभई अभिनय मात्र गरेको दावी गरे ।

‘यो ठट्टैठट्टामा गरिएको थियो,’ उनले भने, ‘सबैलाई रमाइलो होस भनेर इन्स्टाग्राममा पोष्ट गरेको थिएँ ।’

त्यसो वयस्क व्यक्तिले दुध चुसेको फोटो सामाजिक सञ्जालमा राखिएको यो पहिलो घटना होइन । एटलान्टाकी जेनिफर मुलफोर्डले गत वर्ष आफ्नो व्वाइफ्रेन्डलाई दुध चुसाएको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । उक्त हर्कतपछि उनी काम गर्ने कम्पनीले उनलाई जागिरबाटै निकालिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment