Comments Add Comment

एक वर्षको कमाईमा रोनाल्डोले मेस्सीलाई उछिने

१५ चैत, काठमाडौं । यो दशकको विश्व फुटबल क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीका वरीपरि घुमिरहेको छ । हरेक कोणबाट उनीमध्ये को उत्कृष्ट भनेर विश्लेषण हुने सिलसिला पनि जारी छ ।

मैदानभित्र को उत्कृष्ट भनेर ठोकुवा गर्न नसकिए पनि कमाईको मामलामा रोनाल्डोले मेस्सीलाई उछिनेका छन् । बेलोन डि’ओरको उपाधि जितेपछि पोर्चुगिज स्टार आफ्ना अर्जेन्टिनी प्रतिस्पर्धिभन्दा अगाडि निस्किएका हुन् ।

फ्रान्स फुटबल म्यागाजिनले २०१६-१७ को सिजनमा सबैभन्दा बढि कमाई भएका फुटबलरको सूचीमा रोनाल्डोलाई पहिलो र मेस्सीलाई दोस्रो स्थानमा राखेको छ ।

पारिश्रमिक, बोनस, र विज्ञापनबाट भएको आम्दानीको लेखाजोखा गरेर सर्वाधिक कमाई भएका ५ खेलाडीको सूची सार्वजनिक गरिएको हो ।

रिपोर्टअनुसार रोनाल्डोले यो सिजनमा ८ करोड ७५ लाख यूरो कमाएका छन् । लियोनल मेस्सी उनीभन्दा करिब १ करोड यूरोले पछाडि छन् । उनको एक सिजनको कमाई ७ करोड ६५ लाख रहेको छ ।

तेस्रो स्थानमा पनि बार्सिलोनाकै खेलाडी छन् । ब्राजिलियन स्टार नेयमारले २०१६-१७ मा ५ करोड ५५ लाख यूरो कमाएको देखिएको छ । रियल मड्रिडका दोस्रो हाइप्रोफाइल खेलाडी गारेथ बेल भने चौंथो स्थानमा धकेलिएका छन् । उनको कमाई ४ करोड १० लाख यूरो मात्रै छ ।

पाँचौं नम्बरमा रहेका खेलाडी भने यूरोपमा क्लव फुटबलसमेत खेल्दैनन् । उनी हुन् अर्जेन्टिनी फरवार्ड एजेक्वील लाभाज्जी । उनको कमाई २ करोड ८५ लाख डलर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment