Comments Add Comment

सावधान, यसरी नगरौं शिलाजितको सेवन !

शिलाजितका अनेकन गुण छन् । यौनशक्ति बढाउन, नपुंसकता हटाउन, पाचनयन्त्र चुस्त राख्न, शीर्घपतनको समस्याबाट मुक्त हुन, मासिक श्राव नियमित गराउन, उच्च रक्तचाप रोक्न । हरेक किसिमका शारीरिक बिकार हटाउन शिलाजितले वास्तवमै प्रभावकारी काम गर्छ ?

प्राचीन वैदिक ग्रन्थहरुमा समेत यसको उल्लेख छ । शिलाजित कति लाभदायक छ भन्ने कुरामा कुनै शंका छैन । तर, जथाभावी सेवन गर्दैमा यसले राम्रो नतिजा दिदैन । किनभने यसलाई विधिपूर्वक सेवन गर्नुपर्छ । सेवन गर्ने समय, मात्रा सबै कुराको ख्याल गर्नुपर्छ । नभए यसले नकारात्मक नतिजा दिन सक्छ ।

के हो शिलाजित ?

जब गर्मीमा सूर्यको तापले पहाडको चट्टानको धातु पग्लिन्छ, त्यही शिलाजित हो । आर्युवेदमा शिलाजितलाई एक रसायन मानिएको छ । यसलाई सदियौंदेखि रोग निको पार्न प्रयोग गरिंदै आएको छ । शिलाजितलाई पत्थरको पसिना समेत मानिन्छ । यो गाढा कालो रंगको हुन्छ । शिलाजितको तिख्खर स्वाद हुन्छ र यसको गोमूत्र जस्तै बास्ना हुन्छ ।

कसरी बन्छ ?

जेठ, असारको महिनामा जब हिमालयमा रहेको चट्टानमा घामको ताप पर्छ, तब त्यसबाट एक किसिमको पदार्थ पग्लिएर निस्कन्छ । यही नै शिलाजित हो । शिलाजितमा मिनरल अत्याधिक पाइन्छ । यो अत्यान्तै गुणकारी मिनरल सप्लीमेन्ट हो, जसले मृगौला, मुत्र प्रणाली आदिलाई चुस्त राख्न सहयोग गर्छ ।

कहाँ पाइन्छ ?

शिलाजित नेपालको हिमाली भेगमा पाइन्छ । साथै भारतको गंगोत्री आसपासमा पनि शिलाजित पाइन्छ ।

किन सेवन गर्ने ?

–   शिलाजितले यौन क्षमता बढाउन उपयोगी मानिन्छ । यसले नपुंशकताको समस्या समेत हटाउने विश्वास गरिन्छ । शिघ्रपतनको समस्या भएकाहरुलाई पनि शिलाजित उपयोगी हुन्छ ।

–   शिलाजित मधुमेह, उच्च रक्तचाप नियन्त्रण गर्न उपयोगी हुन्छ ।

–   यसले शरीरलाई जवान राख्न पनि सहयोग गर्छ ।

–   मुटु, मृगौलाको संभावित रोगबाट बच्न पनि शिलाजित सेवन गर्न सकिन्छ ।

–   यसले पाचनयन्त्रलाई मजबुद बनाउँछ ।

–   मस्तिष्कलाई समेत चुस्त बनाउन सहयोग गर्छ ।

–   शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

कसरी सेवन गर्ने ?

–   आर्युवेदमा शिलाजितलाई तीन किसिमले सेवन गर्ने विधी अपनाइएको छ ।

–   लगातार सात हप्तासम्म दिनहुँ सेवन गर्नुलाई अधिकतम मानिएको छ । धेरै रोगले ग्रस्तहरुले उक्त अवधीसम्म यसको सेवन गर्न सक्छन् ।

–   तीन हप्तासम्म शिलाजित सेवन गर्नुलाई ‘मध्य प्रयोग’ भनिन्छ । यसले मध्यमस्तरको समस्याबाट छुटकारा दिन्छ ।

–   एक हप्तासम्म यसको नियमित सेवनलाई ‘अवर प्रयोग’ भनिन्छ । अल्पबल वा अल्पदोष भएकाहरुले यस अवधीमा सेवन गर्न सक्छन् ।

कति सेवन गर्ने ?

–   शिलाजितको औषधीय मात्रा २ सय ५० मिलीग्रामदेखि १ ग्रामसम्म हो । सटिक खुराकले व्यक्तिलाई स्वास्थ्य राख्छ, पाचन शक्ति बढाउँछ र केहि रोग निर्मूल गर्छ ।

कसरी पिउने ?

–   शिलाजित दुध वा महसँग मिसाएर पिउनुपर्छ ।

–   शिलाजित खाली पेटमा विहान पिउनु पर्छ ।

तर, सावधानी अपनाउनुहोस्

–   शिलाजित स्वास्थ्यका लागि एकदमै लाभदायक हो । तर, यसको उचित प्रयोग गर्न सके मात्र प्रभावकारी काम गर्छ । शिलाजित सेवन गर्दा निकै सावधानी पनि अपनाउनु पर्छ ।

–   शिलाजित सेवन गरेको समयमा जलन हुने खालको भोजन गर्नु हुँदैन । साथै धेरै खानेकुरा समेत खानु हुँदैन ।

–   शिलाजित त्यस व्यक्तिले गर्नु हुँदैन, जसको यूरिक एसिड बढेको छ ।

–   शिलाजित धेरै सेवन गर्नु हानीकारक हुन्छ । यसले एलर्जी हुन्छ ।

–   गर्भावस्थामा शिलाजित सेवन गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment