Comments Add Comment

कति महँगो स्कूल ! वार्षिक फि साढे दुई करोड !

आजकाल केटाकेटीको स्कुल फि सुन्दा जिभ्रो टोक्नुपर्ने अवस्था छ । विभिन्न बहानामा निजी स्कुलहरुले दिन प्रतिदिन फि बढाइरहेका छन् ।

 

तर स्वीट्सजरल्यान्डको एउटा स्कुलको फि सुन्नुभयो भने तपाईं बेहोस हुनुहुने छ । इन्टरनेसनल बोर्डिङ स्कूल इन्स्टीच्युट अफ ले रोजे नामको यस प्रख्यात स्कुलमा एक विद्यार्थिको वार्षिक फि करिब अढाई करोड रुपैयाँ पर्न आउँछ । अर्थात् मासिक २० लाखभन्दा बढि । यसमा एकेडेमिक फिको अलावा बोर्डिङ, लजिङ लगायत अन्य खर्चहरु पनि जोडिएको हुन्छ ।

यो विश्वकै सबैभन्दा पुरानो स्कुलमध्येमा पर्छ । यो स्कुलको स्थापना १८८० मा पल एमिली कार्नरले गरेकी थिइन् । देशका ठूला उद्योगपति र धनाढ्यका बच्चाहरु यस स्कुलमा पढ्छन् ।

स्कुलमा केवल पाँच विद्यार्थीको लागि एक शिक्षकको व्यवस्था गरिएको छ । यहाँका सबै विद्यार्थीहरु बोर्डिङ हाउसमा नै बस्छन् जुन स्कुल भवनकै भित्र बनाइएको छ । पाठ्यक्रम अंग्रजी तथा फ्रेन्च भाषामा छ ।

यहाँ विद्यार्थीहरुलाई खेलकुदका प्रशस्त सुविधाहरु छन् । फस्र्ट टर्ममा घोडसवारी र ब्याडमिन्टन, सेकेन्ड टर्ममा स्किइङ र स्ट्रोबोर्डिङ राखिएको छ भने थर्ड टर्ममा टेनिस र डान्स छन् ।

यस स्कुलमा विद्यार्थी जम्मा चार सय छन् । पहाडका बीच सुन्दर इलाकामा यो स्कुल अवस्थित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment