Comments Add Comment

भारतसमक्ष नेपालको प्रस्तावः चितवनसम्मै पेट्रोलियम पाइपलाइन

प्रतिकात्मक तस्वीर

१५ चैत, काठमाडौं । नेपालले भारतसामू चितवनसम्म नै पेट्रोलियम पाइपलाइन विस्तार गर्न प्रस्ताव गरेको छ । भारत सरकारले यसबारे छलफल गरेर निर्णय गर्न सकिने भन्दै सकारात्मक जवाफ दिएको छ ।

रक्सौलबाट अमलेखगञ्जसम्म पाइपलाइन बनाउन दुई देश सहमत भइसकेको छ । तर, निर्माण सुरु हुन सकेको छैन ।
अब नेपालले रक्सौलबाट अमलेखगञ्जसम्म विछ्याइने पाइपलाइनलाई चितवनसम्म ल्याउन प्रस्ताव गरेको छ ।
जवाफमा भारतीय पेट्रोलियममन्त्री प्रधानले यसका लागि आयल निगम र भारतीय आयल कर्पोरेशनले छलफल अघि बढाउन गरी दुबै सरकारले एजेण्डा तय गर्नुपर्ने बताएको नेपाली अधिकारीहरुले बताएका छन् ।भारत भ्रमणमा रहेका आपूर्तिमन्त्री दीपक बोहोराले भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानसँग चितवनको निगमको नयाँ बन्ने डिपोसम्म पेट्रोलियम विस्तार गर्न प्रस्ताव गरेका हुन् ।

के छ योजना ?
भारतसँग मन्त्रीस्तरमा हुने छलफलमा भारतपुरसम्म पाइपलाइन ल्याउने एजेण्डा राख्नुपर्ने आयल निगमको प्रस्ताव थियो । ५ वर्षे इन्धन आपूर्ति सम्झौताका लागि भारत गएका बेला आपूर्तिमन्त्री दीपक बोहोराले आफ्ना भारतीय समकक्षी धर्मेन्द्र प्रधानसमक्ष त्यही प्रस्ताव राखेका हुन् ।

अमलेखगञ्जसम्म आउने पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म ल्याउन सके काठमाडौंसहित पहाडी जिल्लामा पेट्रोलियम पदार्थ ढुवानी र वितरण सहज हुने आयल निगमको विश्वास छ । ‘आपूर्ति मन्त्रीको प्रस्तावमा भारतले सकारात्मक जवाफ दिएको छ । यसले चितवनसम्म नै पाइपलाइन विस्तारमा लागि अब ढोका खोल्न सक्छ’ आयल निगम स्रोतले भन्यो ।

यदि भारतले बनाउन चासो नदेखाए नेपाल सरकार आफैंले भएपनि बनाउनु पर्ने आयल निगमको जोड छ । राजमार्गबाट अमलेखगञ्जबाट चितवनको भारतपुरसम्म ९८ किलोमिटरको दूरी छ । तर, चितवनको कुन स्थानमा निगमको नयाँ डिपो रहन्छ भन्ने टुंगिन बाँकी छ ।

भरतपुर र मकवानपुरसँग सीमा जोडिएको लोथरको बीचमा डिपो राख्न आयल निगमले जग्गा खरिद गर्दैछ । यसैका कारण पाइपलाइन विस्तार भएका कति किलोमिटरको बनाउनुपर्ने भन्ने टुंगिएको छैन ।

यदि प्रस्ताव अनुसार पेट्रोलियम पाइपलाइन विस्तार भए भारतबाट सीधै चितवनसम्म पाइपलाइनबाटै तेल आउनेछ । यसले राज्यको ठूलो तेल ढुवानी खर्च जोगिनेछ भने आपूर्ति लागत घटेर उपभोक्तालाई पनि राहत मिल्नेछ ।

‘हामी चितवनसम्म पाइपलाइन ल्याउनुपर्छ भनेर लामो समयदेखि आन्तरिक छलफलमा थियौं’ आयल निगम स्रोतले भन्यो, ‘अमलेखगञ्जको डिपोले तराईको मागलाई थेग्नेछ भने चितवनमा नयाँ डिपो खडा गरेर हामी त्यहाँबाट काठमाडौंसहितका जिल्लामा तेल वितरणको ब्यवस्था मिलाउन चाहान्छौं ।’

आईओसीसँग छलफल गर्ने योजना

आयल निगमले चितवनमा डिपो खोल्न टेण्डरमार्फत जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । अब चितवनको डिपो जहाँ स्थापना हुनेछ । त्यहाँसम्म नै पाइपलाइनबाट तेल ल्याउने योजना निगमको छ ।

‘अब पाइपलाइन विस्तारको विषय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment