Comments Add Comment

फ्यानले पिछा गरेपछि दिशा पटानीले बडिगार्ड राखिन्

बलिउड अभिनेत्री दिशा पटानीलाई दिल्लीमा एक फ्यानले लगातार पिछा गरेर हत्तू बनाएका छन् । उनी एउटा ब्रान्डको विज्ञापन सुटिङका लागि दिल्ली पुगेकी थिइन् ।

दिशा दिल्ली आउनासाथ एक अपरिचित व्यक्ति उनको पछि लागेका थिए । त्यसपछि त दिशा जहाँ जान्थिन् उनी त्यहीँ पुग्थे । दिशाको पछि लाग्दै उनी सपिङ मल, होटल, फिल्म हलदेखि कहाँ कहाँ पुगेनन् । दिशासँग भेट्न नदिएको भन्दै उनले होटलका कर्मचारीहरुसँग पनि झगडा गरेका थिए । उनलाई कर्मचारीहरुले तुरुन्तै बाहिर निकालेका थिए ।

दिशाका अनुसार जब उनले फ्यानले पिछा गरिरहेको थाहा पाइन्, उनी निकै स्तब्ध भएकी थिइन् । यसबाट उनी डराएकी पनि थिइन् । यद्यपि उनले यो प्रकरणलाई प्रहरीमा पुर्‍याइनन् । बरु आफ्नो सुरक्षाका लागि एक अंगरक्षक राख्ने निर्णय लिइन् । अब पक्कै उनका अंगरक्षकले ती फ्यानलाई ढिम्किन दिने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment