Comments Add Comment

विश्वकप छनौटमा उरुग्वेको हृयाट्रिक हार

१६ चैत, काठमाडौं । रुश विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनौटमा उरुग्वेले लगातार तेस्रो पराजय ब्यहोरेको छ ।

२३ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको उरुग्वे आज सम्पन्न खेलमा पेरुसँग उसकै मैदानमा २-१ ले पराजित भएको हो ।

खेलको ३०औं मिनेटमा कार्लोस साञ्चेसको गोलमार्फत अग्रता बनाएको पाहुना टोली उरुग्वेले त्यसयता दुई गोल खान पुग्यो । चार मिनेटपछि नै गुरेरोको गोलमार्फत बराबरी गरेको पेरुले ६२औं मिनेटमा फ्लोरेसको गोलमार्फत अग्रता बनायो र त्यसलाई जोगाइराख्न सफल भयो ।

विश्वकप दक्षिण अमेरिकी छनौटमा उरुग्वेको यो हृयाट्रिक हार हो । उसले यसअघि ब्राजिलसँग ४-१ र दक्षिण अमेरिकी च्याम्पियन चिलीसँग ३-१ को पराजय ब्यहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment