Comments Add Comment

एउटै घरभित्र खिचिएको ‘मन्दिरा’


एउटै घर भित्र सम्पूर्ण कथा खिचिएको चलचित्र ‘मन्दिरा’ असार २ गतेबाट रिलिज हुने भएको छ । यो चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । यो चलचित्रलाई एउटा प्रयोगको संज्ञा दिन्छन्, सापकोटा । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

यो चलचित्रलाई करुणा अर्यालर उज्वल अर्यालले निर्माण गरेका हुन् । हरि भट्टको प्रस्तुतीमा तयार भएको चलचित्रमा नरेन खड्का, बीनी पोखरेल, जेवीडीसी, प्रवन भुषाल, विनिता ओली लगायतका कलाकारको मुख्य भूमिका छ ।

सुसन प्रजापतिले खिचेको यो चलचित्रमा देव कोइमीको संगीत, अर्जुन बीसीको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, उज्ज्वल ढकालको सम्पादन छ । यसको पटकथा तथा संवाद अजित लामिछानेले लेखेका हुन् । कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्षहरुले चलचित्रलाई शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment