Comments Add Comment

यी हुन् दुनियाँमा सबैभन्दा धेरै बिक्ने १० स्मार्टफोन

पछिल्लो त्रैमासिकको रिपोर्ट अनुसार एप्पल विश्वमा नम्बर वान स्मार्टफोन ब्राण्ड बनेको छ । त्यसअघि सर्वोच्च स्थानमा सामसुंग रहेको थियो । आइ एच एसको बेस्ट सेलिंग स्मार्टफोन्स अफ २०१६ को सूचि अनुसार एप्पल स्मार्टफोन बिक्रिको हिसाबले एप्पल पहिलो नम्बरमा उक्लिएको छ ।

३५० भन्दा धेरै मोडलका स्मार्टफोनको बिक्रीको तथ्यांक विश्लेषण गरी आइएचएसले हरेक वर्ष सबैभन्दा धेरै बिक्रि हुने स्मार्टफोनहरुको सूचि बनाउँदछ । पछिल्लो रिपोर्ट अनुसार विश्वमा सबैभन्दा धेरै बिक्रि हुने टपटेन स्मार्टफोन यी हुन्ः

१. एप्पल आइफोन एस सिक्सः सन् २०१६ मा सबैभन्दा धेरै बिक्रि हुने फोनको एप्पलको आइफोन सिक्स एस बनेको छ । सन् २०१५ को सेप्टेम्बरमा लञ्च भएको यो फोनमा थ्री डी टच, दुई गिगाबाइट र्याम, १२ मेगापिक्सेलको मूख्य क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

२. आइफोन सेभेनः एप्पलकै आइफोन सेभेन विश्वमा सबैभन्दा धेरै बिक्रि हुने स्मार्टफोनमा दोश्रो स्थानमा रहेको छ । ४.७ इन्चको थ्री डी टच रेटिना एचडी डिस्प्ले रहेको यो फोनमा एप्पललको ए १० फ्युजन प्रोसेसर रहेको छ । उक्त प्रोसेसर ए नाइन भन्दा ४० गुणा तिव्र रहेको छ ।

३. आइफोन सेभेन प्लसः आइएचएसको सूचिमा सन् २०१६ मा विश्वमा सबैभन्दा धेरै बिक्रि हुने फोनको तेश्रो स्थानमा आइफोन सेभेन प्लस परेको छ । ५.५ इन्च स्क्रिनको यो फोनमा ए १० फ्युजन प्रोसेसर तथा दुई जिबी र्याम रहेको छ । यसमा डुअल ब्याक क्यामरा सेटअप रहेको छ जसमा १२ मेगापिक्सेलका दुई क्यामरा छन् । सेल्फी क्यामरा ७ मेगापिक्सेलको रहेको छ ।

४. आइफोन सिक्स एस प्लसः धेरै बिक्रि हुने स्मार्टफोनको चौथो स्थानमा रहेको सिक्स एस प्लस अन्य स्पेसिफिकेसन्स आइफोन सिक्समा जस्तै भएपनि ब्याट्री बढि शक्तिशाली हुनुका साथै क्यामरा पनि गुणस्तरीय रहेको छ ।

५. सामसुंग ग्यालेक्सी एस सेभेन एजः सामसुंगको ग्यालेक्सी एस सेभेन एज सबैभन्दा धेरै बिक्रि हुने स्मार्टफोनको पाँचौ नम्बरमा परेको छ । ५.५ इन्चको डिस्प्लेयुक्त यो फोनमा क्वाड एचडी सुपर एमोलेड डिस्प्ले छ । ६४ बिट अक्टाकोर प्रोसेसरका साथै ४ गिगाबाइटको र्याम रहेको छ । मुख्य क्यामरा १२ मेगापिक्सेल तथा सेल्फी क्यामरा ५ मेगापिक्सेलको छ ।

६. ग्यालेक्सी जे थ्रीः धेरै बिक्ने स्मार्टफोनको छैटौँ नम्बरमा सामसुंगको ग्यालेक्सी जे थ्री (२०१६) रहेको छ । यसमा एस बाइक फिचर पनि रहेको छ । ५ इन्चको एचडी डिस्प्ले रहेकेा यो स्मार्टफोनमा १.५ गिगाहर्जको क्वाडकोर क्वालकोम स्नापड्रागन ४१० प्रोसेसरका साथै १.५ जिबी र्याम रहेको छ । त्यस्तै ८ जिबी इन्टर्नल स्टोरेज तथा १२८ जिबी सम्मको माइक्रोएसडी कार्ड लगाउने सकिन्छ ।

७. ओप्पो ए ५३ : विश्वमा धेरै बिक्रि हुने टपटेन स्मार्टफोनमा सामसुंग र एप्पल बाहेक ओप्पो ए ५३ एकमात्र स्मार्टफोन हो । सातौँ स्थानमा पर्न सफल यो चिनिया स्मार्टफोनमा ५.५ इन्चको एचडी डिस्प्ले, क्वालकोम स्नापड्रागन ६१६ प्रोसेसर, २ जिबी र्याम रहेको छ ।

८. सामसुंग ग्यालेक्सी जे फाइभ : ५.२ इन्चको सुपर एमोलेड एचडी डिस्प्ले रहेको यो फोनमा १.२ गिगाहर्जको क्वाडकोर स्नापड्रागन ४१० प्रोसेसर रहेको छ । यसमा २ जिबीको र्याम रहेको छ ।

९. ग्यालेक्सी एस सेभेन: सामसुंगको अघिल्लो वर्षको फ्लागसीप ग्यालेक्सी एस सेभेन बिक्रिको मामिलामा भने नवौँ स्थानमा रह्यो । गत वर्ष मार्चमा लञ्च भएको यो स्मार्टफोनमा ५.१ इन्चको डिस्प्ले रहेको छ। ४ जिबी र्याम, १२ मेगापिक्सेलको मुख्य तथा ५ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ ।

१०. ग्यालेक्सी जे सेभेन: सबैभन्दा धेरै बिक्ने फोनको दशौँ नम्बरमा रहेको ग्यालेक्सी जे सेभेनमा ५.५ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ । १३ मेगापिक्सेलको मुख्य क्यामरा तथा ५ मेगापिक्सेलको सेल्फी क्यामरा रहको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment