Comments Add Comment

अमेरिकाको सन फ्रान्सिस्कोमा नेपाली बालबालिकालाई नेपाली भाषा सिकाउन सुरु 


२९ मार्च, अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका बालबालिकाका लागि नेपाली भाषा सिकाउन थालिएको छ ।

अमेरिकामै जन्मिएका दोस्रो पुस्तालाई लक्षित गर्दै क्रिएटिव नेपाल युथ अर्गनाइजेसनको पहलमा यही मार्च २६ देखि नेपाली भाषा सिकाउने पाठशाला नै सञ्चालनमा ल्याइएको छ ।

पाठशालामा हरेक महिनाको दोस्रो तथा चौथो आइतबार दिउँसो एक बजेदेखि तीन बजेसम्म पठनपाठन गराइने संस्थाका महासचिव पुण्य कार्कीले बताए । सो स्थानमा भाषा कक्षा खुलेपछि अब अल्बनी, एल सिरितो, रिचमण्ड ओकलेण्ड र पिनोलमा बस्ने नेपाली समुदायका विद्यार्थीलाई भाषा सिक्न सहज भएको छ ।

पहिलो दिनको कक्षामा तीन वर्षदेखि १३ वर्ष उमेरसम्मका ४५ जना विद्यार्थी सहभागी थिए । विद्यार्थीलाई संस्थाका तर्फबाट सुवास थापाले स्वागत गरेकी थिइन् भने शिक्षिका शोभा राईले नेपाली भाषा कक्षाको सुरुवात गरेकी थिइन् ।

सो दिन विद्यार्थीलाई क-ख-ग को प्रारम्भिक ज्ञान, कथा वाचन, बालबालिकाको प्रतिभा प्रस्तुतिका साथै अभिभावक भेटघाट कार्यक्रम समेत गरिएको संस्थाले जनाएको छ । अर्को कक्षा अप्रिल ९ मा सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment