Comments Add Comment

स्वदेशी लघुवित्तको सेयर चैत २५ गतेबाट

१६ चैत, काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले चैत २५ गतेदेखि ३ करोड रूपैयाँको सेयर बिक्रि खुला गरेको छ । चाँडोमा चैत २९ ढिलोमा बैशाख ८ गते बिक्री बन्द हुने भएको छ ।  कम्पनीको २ लाख ७३ हजार कित्ता सेयरमा मात्र सर्वसाधारणले आवेदन दिन पाउँने छन् । बाँकी सेयर कर्मचारी र सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।

कम्पनीको सेयरमा न्युनत्तम ५० देखि अधिकत्तम १५ सय कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरमा सेयर जारी गर्ने भएको हो । एनएमबी क्यापिटल, एनएमबी बैंकका शाखाहरु र स्वदेशीकै कार्यालयबाट सेयर फारम पाइने भएको छ ।

कम्पनीले सेयर जारी गरेसँगै चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्ने भएको छ । कम्पनीले चुक्ता पुँजी थप ५ करोड रुपैयाँ थपिने प्रक्षेपित वित्तीय विवरणमा उल्लेख छ । यसो भएमा लगानीकर्ताले चालु आव  अन्त्यमा नै ५० प्रतिशतसम्म हकप्रद वा बोनस सेयर पाउने भएका छन् ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । हाल ७५ जिल्लामा कार्य क्षेत्र रहेको कम्पनीले ३९ वटा जिल्लामा सेवा प्रदान गरेको छ । कम्पनीले पुससम्ममा १ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने २१ करोड रुपैयाँ बचत संकलन गर्न सफल भएको छ । कम्पनीले १ करोड ३५ लाख नाफा कमाएको छ ।

गत वर्षको पुसमा ऋणत्मक रहेको कम्पनीको सञ्चिती यस पुसमा १ करोड ८१ लख धनात्मक छ । कम्पनीले अन्य वाणिज्य बैंकबाट १ अर्ब ६ करोड रुपैयाँ पुँजी प्राप्त गरेको छ । बैंकहरुले विपन्न वर्गमा प्रवाह गर्नुपर्ने रकम कम्पनी मार्फत् गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment