Comments Add Comment

पाहुनाको हातमा थुकिदिएर स्वागत गर्ने कस्तो अनौठो चलन !

आमरुपमा घरमा आउने पाहुनालाई आदर सत्कार सहित स्वागत सम्मान गरिन्छ । नयाँ नयाँ खानेकुरा दिइन्छ जसबाट पाहुनाले पनि राम्रो मानोस् । तर यो दुनियामा एउटा यस्तो ठाउँ पनि छ जहाँ पाहुनालाई थुकेर स्वागत गरिन्छ ।

हामीकहाँ थुक्नु भनेको कसैप्रति घृणाभाव जनाउनु वा दुत्कार्नु भन्ने बुझिन्छ । पाहुनालाई थुक्नु भनेको उसको अपमान गर्नु हो । तर केन्या र तान्जानियामा बसोबास गर्ने मसाइ जनजातिमा भने पाहुनालाई थुक्नु अपमान गर्नु नभै स्वागत गर्नु हो ।

मसाई जनजातिमा पाहुनाको स्वागत यस प्रकारले गरिन्छ कि यो समुदायमा मानिसहरु एक अर्काको हातमा थुकेर अभिवादन गर्छन् ।

पाहुना आउनासाथ ऊ सँग हात मिलाउनु अघि एक अर्काको हातमा थुकिन्छ र मात्र हात मिलाइन्छ । हातमा थुक्नुलाई मसाई जनजातिले सम्मानको प्रतिक मान्दछ । उक्त जातिमा नवजात बच्चालाई पनि थुक्ने चलन छ । नवजात बच्चालाई थुक्नाले उसका सबै पाप पखालिने विश्वास गरिन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment