Comments Add Comment

आफ्ना सुन्दर पत्नीहरुको अनुहार किन कुरुप बनाइदिन्छन् यहाँका पुरुषहरु ?

आफ्ना अर्धांगिनीलाई सुन्दर देख्ने चाहाना कुन पुरुषमा नहोला र ? सुन्दरतामा निखार ल्याउनका लागि मानिसहरुले हरसम्भव प्रयास गर्छन् ।

खासगरी महिलाहरु आफनो सुन्दरतालाई लिएर निकै सजग हुन्छन् । आफ्ना श्रीमतीहरुलाई सुन्दर देख्न चाहने पुरुषहरुको भीडमा यो दुनियामा यस्ता पुरुषहरु पनि छन् जसले आफ्ना श्रीमतीहरुको अनुहार कुरुप बनाइदिन्छन् ।

म्यानमारमा बस्ने चीन तथा मुन नामक आदिवासी समुदायका पुरुषहरुले आफ्ना पत्नीहरुका अनुहार कुरुप बनाइदिने गर्छन् । पत्नीका अनुहार कुरुप बनाउन उनीहरुले कुनै कसर बाँकी राख्दैनन् ।

उक्त आदिवासीका पुरुषहरु पत्नीका अनुहारमा भद्दा टाटु बनाइदिन्छन् । उक्त टाटु सुँगुर तथा गाइको मलमा जंगली बोटबिरुवाको रस हालेर बनाइएको हुन्छ । यस्तो टाटुका धर्सा अनुहारभर कोरेपछि अनुहार कुरुप बन्न केही बाँकी रहन्न ।

उक्त टाटु हेर्दामात्र कुरुप होइन, टाटु बनाउँदा पनि महिलाहरुलाई निकै पीडा हुन्छ । यसले महिलाहरुलाई दुखाई हुनेमात्र नभै संक्रमणको पनि जोखिम रहन्छ । धेरै रगत बग्दछ पनि ।

सदियौँ पूरानो यो संस्कार एउटा अन्धविश्वासमा चलेको छ । यसरी श्रीमतीहरुलाई कुरुप बनाउनुको एउटा कारण असुरक्षालाई लिइएको छ ।

बर्षौं अघि म्यानमारमा राजतन्त्र थियो र यौनपिपाशु राजाले आफ्नो इलाकाका सुन्दर महिलाहरुको अस्मिता लुट्ने गर्दथे र कतिपयलाई त रखौटी बनाउनका लागि दरबारमै लग्दथे । राजाको त्यस्तो अत्याचारबाट बँच्नका लागि उक्त आदिवासी समुदायका मानिसहरुले आफ्ना पत्नीहरुको अनुहार कुरुप बनाउन थाले ता कि कुरुप अनुहार भएका महिलाहरुमा राजाको गिद्दे नजर नपरोस् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment