Comments Add Comment

हो, म नयाँ निर्देशकहरुसँग भिड्न सकिनँ: तिर्थ थापा


पुराना निर्देशक हुन् तीर्थ थापा । ‘अन्जुली, आन्दोलन’लगायतका चलचित्र निर्देशन गरेका थापा अहिले नेपाली कांग्रेसमा आबद्ध छन् । कलाकर्मीको पहिचानका लागि राजनीतिमा लागेको दावी गर्ने थापालाई अनलाइनखबरले लगाएको पाँच आरोपः

१. अहिले तपाई निर्देशक कम कांग्रेस बढी हुनु भयो भन्छन् नि ?
यो कुरामा आंशिक सत्यता छ । निर्माता, निर्देशक कलाकारलाई हाम्रो समाजले राजनीतिककर्मीको रुपमा स्विकार्न हिच्किचाईरहेको बेला मैले कलाकर्मीकै सम्मान, सुरक्षा र पहिचानका लागि राजनीतिक बाटो रोजेको हुँ । म कांग्रेस भएपनि कलाकर्मलाई बिर्सन सक्दिनँ । उनीहरुको सम्मानका लागि अझै लड्दै छु र लडिरहन्छु ।

२. तपाइहरुले राजनीति सुरु गरेपछि आम कलाकर्मी विभिन्न दलहरुमा बाँडिए । सामुहिक मुद्दा तपाइहरुकै कारणले छायाँमा पर्‍यो भन्ने आरोप लगाउँछन्, के भन्नुहुन्छ ?
पुराना कलाकर्मीहरु राजनीतिमा सक्रिय भएपछि धेरै कलाकर्मी आ-आफुले आस्था राख्ने पार्टीमा बाँडिए । त्यसरि बाँडिदा मुल मुद्दा छायाँमा परेको छैन । पहिला एउटा समुहले उठाउने मुद्दा अहिले विभिन्न दलहरुले उठाउन थालेका छन् । अहिले सबै दलमा कलाकर्मीको मुद्दाले स्थान पाउन थालेको छ । यो त आफैमा राम्रो हो ।

३. विचमा चलचित्र बनाउने कुरा पनि गर्नु भयो तर, नयाँहरुसँग भिड्न सक्दिन कि भनेर तपाई भाग्नु भयो भन्ने आरोप लगाउँछन् ?
यो कुरा सही हो । मैले चलचित्र बनाउने तयारी गरेको थिएँ । तर, अहिले आएका पुस्ताहरुसँग भिड्न सक्दिन जस्तो लाग्यो । किनकी अहिले आएका निर्देशक, कलाकार असाध्यै जुझारु र क्षमतावान् हुनुहुन्छ । उहाँहरुसँग भिड्न गहिरो अध्ययन चाहिन्छ । अहिले म अध्ययन गर्दैछु तर, चलचित्र बनाउँछु ।

४. अवसरको लागि चलचित्र छाडेर राजनीतिमा लाग्नु भो पनि भन्छन् नि ?
हैन कसरि भनौं । ३/४ वटा चलचित्र बनाएँ । आफूसँग भएको पैसा सकियो । पारिश्रमिक लिएर अभिनय पनि गरेँ तर, चित्त बुझेन । विद्यार्थीकालदेखि नै राजनीतिमा लागेकाले कांग्रेसको राजनीति सुरु गरेँ ।

५. तपाईले नेतृत्व गरेको सांस्कृतिक संघमा पनि विवाद ब्यापक भयो भन्छन् नि ?
हरेक संस्थामा काम गर्ने र काम नगर्ने दुई समुह हुन्छ । हामी काम गथ्र्यौ । अल्छीहरुको समुहलाई हामीले काम गरेको मन पर्दैन थियो । त्यसकारण हाम्रो विरोध स्वभाविक थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment