Comments Add Comment

‘भलादमी’ मेस्सीका पर्दा पछाडिको कुरा

लिओनल मेस्सी अहिलेको पुस्ताका महान खेलाडीमध्ये एक हुन्, त्यसमा दुई मत छैन । अर्जेन्टिनी मेस्सीको तुलना एकै समयमा चर्चा कमाएका रियल मड्रिडका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोसँग ज्यादा गरिन्छ ।

मैदान भित्र मात्र होइन, बाहिर पनि ‘भलादमी’ छवी बनाएका यीनै मेस्सी अहिले फिफाको ‘ठूलो’ कारबाहीमा परेका छन् । बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने मेस्सीको फुटबल करिअरमा देखाएको यो परिवर्तन आश्चर्यजनक छ ।

सबैभन्दा पहिला, एक डरपोक बालक जो आफ्नो अनुहार देखेर असहज महशुस गर्थ्यो, बिस्तारै उनी युवा बने र बिनम्रतापूर्वक एक पछि अर्को बेलोन डि’ओर स्वीकार गर्दै गए ।

तर, अहिले अर्जेन्टिनामा रहेका आलोचकहरुले चाहेको जस्तो एउटा बिद्रोही नेताको छवि प्रस्तुत भइरहेको छ ।

आलोचकहरुले उनलाई ‘डन्ट केयर’ शैलीमा प्रस्तुत गरिरहेका थिए । उनीहरु चाहन्थे कि मेस्सीले पनि म्याराडोनाले जस्तै टिशर्ट च्यातेर हिँडुन्, अब उनीहरुले चाहेजस्तै मेस्सी पाएका छन् कि जो रोय केन (आयरल्याण्डका पूर्वकप्तान)को शैलीमा म्याच अफिसियलको सामना गरुन् र आफ्नो रिस पूरै प्रदर्शन गर्छन् ।

तर, यहाँ केहि मानिसहरुले अर्कै बालक सम्झिरहेका छन्, जसले पुरानो मेस्सीलाई मन पराएका थिए । त्यही बालक, जो विश्वका उत्कृष्ट फुटबलरको पुरस्कार सौम्य तरिकाले ग्रहण गर्थे, जसको फेसन शैलीले कसैलाई बेखुशी बनाएको थिएन, जसले सार्वजनिक समारोहमा भड्किलो शुट समेत लगाउन मन पराएनन् ।

मेस्सीको त्यो रुप उनका सबै समर्थकले सम्झिनेछन् । धेरै बर्षदेखि समर्थकहरुले यस्तो प्रचार गर्थे कि हरेक बाबुआमाले आफ्ना छोरीले मेस्सीजस्ता केटा रोजुन् नकि मूडी ब्याड व्वाई क्रिष्टियानो रोनाल्डोलाई ।

गोल्डेन बल अवार्ड समारोहमा मेस्सीले कहिल्यै अस्वाभाविक तवरले चिच्याउँदैनथे । म्यानेजरले सब्सिच्युड गर्दा रोनाल्डोले झैं भुतभुताउँदैन थे ।

मेस्सीको देवत्वकरण भइरहँदा पनि उनी त्यति शान्त त थिएन, जति विश्वास गरिन्थ्यो ।

बार्सिलोनामा आफ्नो कानून आफैं बनाउँछन् मेस्सी !

स्वीडिस प्रशिक्षक हृयान्स ब्लेकले आरोप लगाएका थिए कि मेस्सी बार्सिलोनामा पेप ग्वार्डिओवाको पहिलो सिजनको क्याम्पमा भएको टिम मिटिङ बीचैमा रोकेर डि्रक्स गर्न हिँडेका थिए ।

जब ग्वार्डिओलाले खेलअघि ड्रिक्स गर्न नहुने बताइरहँदा ड्रेसिङ रुममा सन्नाटा छाएको थियो । तर, मेस्सीले त्यसलाई अटेर गर्दै बोत्तल खोले र घटघटी पिउन थाले ।

यो कुरा केहि बढाइचढाइ गरेर बाहिर आएको हुनसक्छ तर, मेस्सी सन् २००८/०९ को सजिनदेखि नै आफ्नो लागि आफैं कानून बनाउथे भन्ने कुरामा कुनै शंका छैन ।

एक साताअघि अर्जेन्टिनाले चिलीबिरुद्ध १-० को जित निकालेको खेलमा मेस्सीले ब्राजिलियन असिस्टेन्ट रेफ्रीमाथि एकदमै नराम्रो शब्द प्रयोग गर्दै गाली गरेका थिए ।

खेलका क्रममा चिलीका जिन बेउजुयरले गरेको ट्याकलका लागि फल नदिएको भन्दै उनले ब्राजिलियन लाइन्स्म्यान एमर्सन अगुस्टो डि काल्भारोमाथि आमाको नाम लिएर छुद्र गाली गरेको भिडियो रिप्लेबाट प्रमाणित भएपछि उनी ४ खेलको प्रतिबन्धमा परेका छन् ।

विश्वकप छनौटमा मेस्सीबिनाको अर्जेन्टिनाको हालत के होला ?

अर्जेन्टिनाले विश्वकपको दक्षिण अमेरिकी छनौटमा अहिलेसम्म खेलेका १४ खेलमा २२ अंक जोडेको छ र १० टोली सम्मिलित प्रतियोगिताको पाचौं स्थानमा छ ।

शीर्ष चार टोलीले रुश विश्वकपमा सोझै दक्षिण अमेरिकाको प्रतिनिधित्व गर्नेछन् । पाँचौं स्थानमा रहनेले प्लेअफ खेल्नुपर्नेछ ।

यस्तोमा अर्जेन्टिनाका लागि छनौट प्रतियोगिताको बाँकी चार खेल महत्वपूर्ण छ । तर, चारमध्ये तीन खेलमा मेस्सी हुनेछैनन् र मेस्सी नहुँदाको परिणाम छनौट प्रतियोगिताको पुछारबाट दोस्रोमा रहेको बोलिभियाले अर्जेन्टिनालाई हरापछि देखिइसकेको छ ।

छनौट प्रतियोगिताको शीर्ष स्थानमा रहेको ब्राजिल चार खेल अगावै विश्वकपमा छनौट भइसकेको छ । कोलम्बिया, उरुग्वे र चिली क्रमसः दोस्रो तेस्रो र चौथो स्थानमा छन् । अंकको हिसावले पाँचौं स्थानको अर्जेन्टिना दोस्रो स्थानको कोलम्बियाभन्दा मात्र २ अंकले पछाडि छ । कोलम्बियाको २४ तथा उरुग्वे र चिलीको २३/२३ अंक छ ।

विश्वकप छनौट अन्तर्गत अर्जेन्टिनाले आगामी अगस्ट ३१ मा उरुग्वेसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्नेछ भने त्यसको एक सातापछि ब्युनर्स आयर्समा भेनेजुएलालाई आतिथ्य गर्नेछ ।

त्यस्तै अक्टोवर ५ मा हुने खेलमा उसले आफ्नै मैदानमा पेरुसँग खेल्नेछ भने प्रतियोगिताको आफ्नो अन्तिम खेलका लागि नोभेम्बर १० मा अर्जेज्टिनाले इक्वेडरको भ्रमण गर्नेछ ।

बाँकी चार खेल अर्जेन्टिनाका लागि केहि सहज प्रतिद्धन्दी त हुन् तर मेस्सीको अनुपस्थितिले यी टोलीबिरुद्धको खेल पनि उसका लागि फलामे चिउरासरह हुनसक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment