Comments Add Comment

मलाइकासँग डिभोर्सपछि रोमानियाकी युवतीसँग अरवाजको प्रेम


बलिउडका चर्चित नायक सलमान खानका भाई-बुहारी अरवाज खान र मलाइका अरोरा खानले आफ्नो वैवाहिक सम्बन्धलाई केहि महिना अगाडि अन्त्य गरे । मलाइका र अरवाजको डिभोर्सको चर्चा खुबै भयो ।

कतिपयले मलाइकाको अर्को पुरुषसँगको कारणले डिभोर्स भएको चर्चा गरे भने कतिपयले अरवाजको प्रेम चक्करका कारण वैवाहिक सम्बन्ध टुटेको चर्चा गरे । मिडियामा दुइको बिषयलाई लिएर धेरै चर्चा भयो ।

तर, मलाइकासँग औपचारिक डिभोर्स गरेको केहि महिनापछि अरवाज एक यूवतीसँग घुलमिल गरिरहेका छन् । अरवाज अहिले रोमानियाकी एक यूवतीसँग डेटमा छन् । उनले, रोमानियाकी यूवती आफ्नी साथी भएको भन्दै सबैमाझ परिचय गराएका छन् ।

उनले प्रेम गरेकी रोमानियाकी यूवतीको नाम, अलेक्जान्द्रा हो । अरवाज र अलेक्जान्द्राविच भेट भएको ६ महिना भयो । अरवाजले अलेक्जान्द्रा आफ्नो साथी भएको र आफू डेटमा रहेको खुलाएका छन् । अरवाजका दाज्यू सलमान खान पनि रोमानियाकी मोडल यूलियासँग डेटमा रमाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment