Comments Add Comment

हुण्डाईको नयाँ वर्ष योजना, सर्तसहित एक हप्ताभित्रै शून्य ब्याजमा फाइनान्सिङ

१६ चैत, काठमाडौं । हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली नयाँवर्ष २०७४ लक्षित आकर्षक योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकले बैंकको शर्त पालना गरेमा एक हप्ताभित्रनै शुन्य ब्याजमा फाइनान्सिङ सुबिधा पाउनेछन् ।

यो योजनाले ग्राहकहरु माझ राम्रो प्रतिकृया प्राप्तगर्ने बारे कम्पनी विश्वस्त रहेको प्रेस विज्ञप्तिमा जनाइएको छ । सम्पूर्ण हुण्डाई गाडीहरु ४ वर्ष निःशुल्क सर्भिसिङ र तीनवर्ष वारेन्टी सहित उपलब्ध छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरि १६ शोरुमहरु तथा १७ सर्भिस सेन्टरमार्फत् ग्राहकहरुलाई सुविधा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment