Comments Add Comment

गैंडाकोट समाज अष्ट्रेलियाको नयाँ कार्यसमिति गठन, अध्यक्षमा अधिकारी

२९ मार्च, सिड्नी । गैंडाकोट समाज अष्ट्रेलियाको दोस्रो अधिवेशनले दिनेश अधिकारीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । न्यू साउथ वेल्सका सहसंयोजक प्रकाश खरेल र गैंडाकोट समाजका अगुवा यदुमणी खरेलको उपस्थितिमा भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाको सचिवमा खगराज पौडेल, सहसचिव दिप्ती खड्का सापकोटा र कोषाध्यक्ष राजेश चालिसे चयन भएका छन् । सदस्यहरुमा विष्णुप्रभात सापकोटा, सिर्जना सापकोटा, शिव घिमिरे, शेखर तिवारी, मनिस सापकोटा र विष्णु सापकोटा चयन भएका छन् ।

संस्थाको निवर्तमान सभापति विष्णु प्रभात सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियो । भेलामा नवलपरासीको गैंडाकोट घर भई हाल अष्ट्रेलियामा बस्दै आएका विद्यार्थी तथा अभिभावकहरुको सहभागीता थियो ।

सन् २०१२ मा स्थापित संस्थाले गैंडाकोटका कालिका मावि र जनक माविमा पुस्तकालय निर्माणमा सहयोग गरेको छ । विजय निमाविको भवन निर्माणको लागि झण्डै ८ लाठ सहयोग पनि गरेको थियो ।

अष्ट्रेलियामा गैंडाकोटका मात्रै पाँच सय नेपाली बसाई सरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment