Comments Add Comment

मोहम्मद इर्फान एक वर्षका लागि निलम्बित

१६ चैत, काठमाडौं । पाकिस्तान क्रिकेट बार्डले फास्ट बलर मोहम्मद इर्फानलाई एक वर्ष निलम्बन गरेको छ । साथै उनलाई ९ हजार ५०० डलर जरिवाना तोकिएको छ ।

पाकिस्तान क्रिकेट लिगका क्रममा एन्टी-करप्सन कोड उल्लंघन गरेको आरोपमा उनलाई एक वर्ष सबै फम्र्याटका क्रिकेटबाट निलम्बन गरिएको हो । उनको निलम्बन मार्च १४ बाटै लागू हुनेछ ।

पाकिस्तान क्रिकेट बोर्डको एन्टी-करप्सन युनिटले इर्फानसँगै शहजाब हसन र जुल्फिकर बाबरमाथि प्रश्न उठाएको थियो । तर, हसन र बाबरले सफाइ पाए । इर्फानलाई भने सट्टेबाजहरुले दुई पटक प्रस्ताव राखेको भेटिएको छ ।

छानबिनका क्रममा एन्टी-करप्सनको थप उल्लंघन नभएको पाइए उनको निलम्बनमा ६ महिनामा र्झन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment